एकता दिवसको अवसरमा १ सय भन्दाबडी बिद्यार्थीलाई पुरस्कार

 

आशिष उप्रेती
चितवन, पुस २७ । आज राष्ट्रिय एकता दिवस चितवनमा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
आधुनिक नेपालको एकीकरण कर्ताका रुपमा रहेका पृथ्वी नाराणयण शाहको सम्झनामा पुस २७ गतेलाई पृथ्वी जयन्तीका रुपमा समेत मनाउने गरिन्छ । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्र रुपमा पृथ्वी नारायण शाहको जन्म भएको थियो ।
राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कोरेकोले उहाको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिएको हो ।

यसै अवसरमा आज पूर्वी चितवनको राप्ति नगरपालिका ५ भण्डारामा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको छ ।

साविकको भण्डारा गाबिस भरीका सम्पुर्ण बिद्यालयका उत्कृष्ट कक्षा १ देखि १० सम्मका प्रथम भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको हो ।
भण्डारा बजारका सहयोगी हातहरु मौलाकालिका प्लाष्टिक तथा भाडा पसलका प्रोपाईटर शिवराज उप्रेती र प्रनिष कस्मेटिक पसलका प्रोपाईटर दिनेश कालाखेतीको सहयोगमा सो कार्यक्रम गरीएको हो ।

कार्यक्रम सञ्चालन गर्नुभन्दा अगाडि पृथ्वी नारायाण शाहको तस्विरमा माल्यार्पण गरी कार्यक्रम सञ्चालन भएको थियो ।
कार्यक्रममा उपस्थित साविकको भण्डारा गाबिसका सम्पुर्ण विद्यालयका उत्कृष्ट कक्षा १ देखि १० सम्मका प्रथम भएका १ सय जना भन्दा बढि विद्यार्थीहरुलाई पुरस्कार बितरण गरीएको हो ।

सो कार्यक्रममा राप्ति नगरपालिकाका नगर शिक्षा प्रमुख हुमाकान्त अधिकारी, स्थानिय समाजसेवीहरु ध्रुवराज सिलवाल, भवानी पाठक, प्रकाश कडेल, विभिन्न विद्यालयका शिक्षक तथा बिद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बुद्ध शान्ति उच्च माविका क्याम्पस प्रमुख गिरीराज डल्लाकोटीले स्वागत मन्तव्य राख्नुभएको थियो भने रेडक्रस भण्डाराका सभापति महेश्वर थपलियाले सन्चालन गर्नुभएको कार्यक्रम भण्डाराका स्थानिय समाजसेवि आनन्द रुवालीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Promise Education Consultancy