‘कृष ४’ आउने भयो सन् २०२० मा

काठमाडौँ ।  बर्षमा एउटा मात्र फिल्ममा काम गर्ने तर सुपरहिट फिल्म दिने टे«डमा चलेका नायक हुन ऋतिक रोसन । पछ्रिल्लो समय उनी निकै बिवादित बने तर सोही कारण पनि हुन सक्छ उनका फिल्महरु सोचे जतिको हिट नभएको पक्का हो । त्यसो त उनले आफनो करियरमा थुप्रै हिट फिल्महरु दिएका छन् ।

 

उनको करियरमा सबैभन्दा हिट साबित भएको फिल्म हो ‘कृष’ । कोई मिल गया हुदै सुरु भएको यो सिलासिला कृषको सिक्वेल बन्दै आईरह्यो । हरेक भागहरुले बक्सअफिसमा हंगामा पनि मच्चायो । सायद यही कारण पनि यसको पार्ट ४ को प्रतिक्षा दर्शकहरुलाई निकै छ । कृषको सिक्वेलको बारेमा खुलाउदै निर्देशक राकेश रोसनले ‘कृष ४ ‘को रिलिज मिती घोषणा गरेका छन् ।

‘कृष ४’ २०२० को क्रिसमसमा रिलिज हुने निर्देशक राकेश रोसनले बताएका छन् । अब यसमा नायक को हुन्छन् भन्ने प्रश्न नै उठ्दैन । यो घोषणासंगै दर्शकमाझमा निकै उत्सुकता जागेको छ । ‘कोई मिल गया’ मा प्रिटी , कृष र कृष २ मा प्रियंका नायिका थिईन । ‘कृष ४’ मा को नायिका हुनेछिन् भन्ने खुलाईएको छैन । तर चर्चामा आए अनुसार ‘कृष’ ४ लाई रोहित धवनले निर्देशन गर्नेछन भने नायिका यामी गौतम हुनेछिन ।

स्मरण रहोस यसअघि ऋतिकले यामीसंग काबिल फिल्ममा काम गरेका थिए । जुन फिल्मले बक्सअफिसमा राम्रो कलेक्सन गरेको थियो । यतिबेला ऋतिकको करियर खासै चम्किएको छैन् । उनलाई धेरै जसो अन्य व्यानरभन्दा आफनै होम प्रडक्सनको फिल्महरु फाप्ने गरेका छन् । जब उनको करियर केही धरमराउछ तब उनका बुवा राकेश रोसनले ऋतिकलाई लिएर फिल्म घोषणा गर्ने गर्छन् ।

Promise Education Consultancy