निर्माण व्यावसायी गौचनको हत्यामा संलग्न रहेको आरोपमा थप ३ जना पक्राउ

काठमाडौं, २७ पुस । निर्माण व्यावसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंका सूर्य बाजी, उदयपुरका राजकुमार शाह र सिरहाका श्याम गुप्ता रहेका छन् ।

केन्द्रिय अनुसन्धान व्यूरोले मुख्य योजनाकार समीर मान सिंह बबस्नेत सहित ६ जनालाई पक्राउ गरिसकेको छ ।

गत असोज २३ गते भएको गौचनको हत्यामा उनीहरुले सहयोगीको भूमिका खेलेको प्रहरीले जनाएको छ ।

 

Promise Education Consultancy