नवौ रत्ननगर महोत्सव सुरु, अबको युग आर्थिक समृद्धिको युग : उपराष्ट्रपति पुन (भिडियो)

राजेन्द्र आचार्य /शिव शर्मा

चितवन, २७ पुस ।  पूर्वी चितवनको गौरव र गरिमामय प्रस्तुतीको हरेको रुपमा रहेको ‘रत्ननगर महोत्सव–२०७४’ सुरु भएको छ ।
महोत्सवको  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङले एक भव्य समारोहका विच गर्नुभएको छ । सो अवसरमा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल लगानीको लागि भर्जिन ल्याण्ड रहेको बताउनु भएको छ ।

नवौ रत्ननगर महोत्सब उद्घाटन गर्दै पुनले नेपालमा अब स्थायी सरकार आउने र लगानीका प्रशस्त ढोकाहरु खुल्ने र यसका निम्ती यहाँ लगानीको प्रशस्त अवसर रहेको बताउनु भएको हो । उहाले चितवन समृद्ध भए मात्र देश समृद्ध हुने भन्दै आर्थिक क्षेत्रमा चितवनलाई  विशेष प्राथमिकता दिन सरकारलाई सचेत गराउनु भएको हो ।

 

 

पुनले देशमा नया संविधान कार्यान्वनमा छ । जनताले स्थानीय , प्रदेश र केन्द्र गरि जनप्रतिनिधि चुनेका छन् । अबको बाटो आर्थिक समृद्धीको हुनु पर्छ ।
भन्नु भयो । उहाले नेपालको आर्थिक वृद्धिमा निजि क्षेत्रको उल्लेखनिय भूमिका रहेको भन्दै अब सरकार र निजि क्षेत्रको सहकार्यले मात्र आर्थिक समृद्धी हासिल हुने छ उहाँले भन्नु भयो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले अबको युग आर्थिक समृद्धिको युग भएको बताए छन् । ‘नयाँ संविधान कार्यान्वयनको ऐतिहासिक सृङ्खला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँगै लामो समयदेखिको राजनीतिक संक्रमण अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ हुँदैछ उहाले भन्नुभो। देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ । हामी निशंकोच भन्न सक्छौँ, अबको युग आर्थिक समृद्धिको युग हो । अब हामी नेपाली आर्थिक समृद्धिको युगका नेपाली हुनेछौँ । ’

उनले लगानीमैत्री वातावरण र राजनीतिक स्थिरताविना समृद्धि सम्भव छैन । नयाँ जनादेशअनुसार संघ र प्रदेशमा छिट्टै स्थिर सरकार बन्ने बताए ।
स्थानीय सरकार बनिसकेका छन् । राजनीतिक स्थिरतासँगै नेपाल पूर्णलगानीमैत्री बन्नेछ उहाले अगाडी भन्नुभो हामी गौरवका साथ भन्न सक्छौँ, नेपाल विश्वकै उत्कृष्ट लगानी गन्तव्य हो । नेपाल लगानीका लागि भर्जिनल्याण्ड हो ।
समृद्धिका लागि प्रशस्तै आधार रहेको भन्दै प्रकृतिले अनुपम उपहारको रुपमा हामीलाई प्राकृतिक स्रोतसाधनको उच्चतम सदुपयोगबाट मात्रै पनि हामीले समृद्धि हाँसिल गर्न सक्ने उद्घोष गरे ।

जलविद्युत, कृषि, पर्यटन, खनिज पदार्थ, जडिबुटी, उद्योग कलकारखाना तथा भौतिक पूर्वाधारको विकासका माध्यामबाट नेपाललाई छोटो समयमै समृद्ध बनाउन सक्ने उहाको भनाई छ ।
विकासबाट लाखौँका लागि रोजगारी सिर्जना गरी गरिवी न्यूनीकरण गर्ने, निर्यात व्यापारलाई उल्लेख्यमात्रामा वृद्धि गरी व्यापार घाटालाई सन्तुलनमा ल्याउन सक्छौँ, लाखौँ वाह्य पर्यटकलाई भित्र्याउँदा वैदेशिक मुद्रा भित्र्याउन भन्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य, पूर्वार विकासका माध्यामबाट प्रत्येक नागरिकलाई सुखी र खुशी बनाई देशको सम्पदा, प्रकृति र संस्कृतिलाई ठीक ढंगले उपयोग गर्न अनुरोध पनि  गर्नुभयो
उहाले रत्ननगर महोत्सवले समृद्द चितवनको अभियानलाई सार्थकता दिने समेत बिस्वाश ब्यक्त गर्नु भयो ।  कार्यक्रममा पुनले रत्ननगर उद्योग बाडिज्य संघको पुस्तिका समेत बिमोचन गर्नु भयो ।  
महोत्सवमा यो पटक प्रमुख आकर्षणको रुपमा महोत्सव परिसरमा धरहरा निर्माण गरिएको छ । मौलिक पहिचान झल्कने गरी धरहरा निर्माण गरिएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक तथा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले धरहरा चढेर दृश्यावलोकन गर्न सकिनेगरी बाँसबाट निर्माण गरिएको जानकारी दिए ।
धरहरा अवलोकन गर्न आउने दर्शकहरुवाट संकलन भएको रकम मध्ये केही रकम धरहरा निर्माणका लागि प्रदान गरिने समेत उनले बताए ।
महोत्सवमा ५ लाख र्दशकले अवलोकन गरि ५० करोडको कारोबार  हुने अपेक्षा गरेको महासचिव निराजन खनालले जानकारी दिए । पुस २७ गते देखि माघ ५ सम्म चल्ने महोत्सवमा ४ सय ५० स्टल रहेका छन् ।

 

हेरौ उपराष्ट्रपति पुनको मन्तव्यको पूर्णपाठ :

यो भव्य समारोहका अध्यक्ष रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्षज्यू,
माननीय मन्त्रीज्यूहरु,
नवनिर्वाचित माननीय सांसदज्यूहरु,
उद्योग वाणिज्य महासंघका अध्यक्षज्यू,
राजनीतिक दलका नेता साथीहरु,
सरकारका राष्ट्रसेवक कर्मचारीज्यूहरु,
आयोजक संस्थाका पदाधिकारी तथा सदस्यज्यूहरु,
पत्रकार मित्रहरु,
र, यो भव्य समारोहमा उपस्थित आदरणीय रत्ननगरवासी दिदी–बहिनी तथा दाजुभाईहरु !
ज्ञ। रत्ननगर उद्योग वाणिज्य संघद्वारा देशकै उत्कृष्ट पर्यटकीय नगरीमा आयोजित ‘रत्ननगर महोत्सव–२०७४’को भव्य उद्घाटन समारोहमा उपस्थित भई महोत्सवको समुद्घाटन गर्न पाउनु मेरा लागि ज्यादै खुशीको कुरा हो । समग्र चितवन झल्काउने चितवनको समृद्धिमा योगदान पु¥याउन सक्ने यो महोत्सवको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु । रत्ननगर महोत्सव–२०७४ को अवसरमा यहाँहरु सबैमा बधाईसमेत ज्ञापन गर्द चाहान्छु ।

हिउँदको समय हाम्रो अर्थतन्त्र चलायमान हुने समय हो । विकास निर्माणका कामले यसै समयमा तिव्रता पाउँछन् भने समग्र नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने गरी देशका विभिन्न भागमा राष्ट्रिय तथा स्थानीयस्तरमा प्रदर्शनी, मेला तथा महोत्सव सुरु भएका छन् । संस्कृतिका रुपमा विकास भईसकेका यस्ता महोत्सवहरुले नयाँ नयाँ अवसरहरु सिर्जना गरिरहेका छन् । राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान दिईरहेका छन् । यो हाम्रो लागि गौरव र खुशीको कुरा हो । म प्रदर्शनी तथा महोत्सवको नेतृत्व गरिरहेको नीजि क्षेत्रलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु ।
घ। यो चितवनको भूमि टेक्दा मलाई जहिल्यै पनि गौरव र खुशी लाग्छ । यहाँ आउँदा मैले आनन्दको महसुस गर्दछु । यहाँ साविकका ७५ वटै जिल्लाबाट आउनुभएका मानिसहरुको एकीकृत बसोबास छ । यो देशकै उत्कृष्ट पर्यटन गन्तव्य हो । सन् २०१७ मा १० लाख बढी विदेशीले नेपाल भ्रमण गरेका छन्, तीमध्ये अधिकांशले चितवनको भ्रमण गरेको हुनुपर्दछ । यो पोल्ट्रीको राजधानी पनि हो । यसलाई मेडिकले सिटि पनि भन्निछ । उत्कृष्ट शैक्षिक संस्थाहरु यहाँ छन् । विभिन्न समुदाय आफ्ना मौलिक भाषा, धर्म, संस्कार संस्कृतिले धनी छन् । चितवनको सन्तानले राष्ट्रकै नेतृत्व गरिरहेका छन् । समग्रमा भन्दा चितवनले एउटा समृद्ध जिल्लाको पहिचान बनाउँदैछ ।
चितवनलाई यहाँसम्म ल्याउन जनप्रतिनिधि, नीजि क्षेत्र, नागरिक समाज, सामाजिक संघ संस्थालगायत आम–चितवनवासीले अथाह मेहनत गर्नुभएको । म यस अवसरमा चितवनलाई समृद्धि उन्मुख जिल्लाको रुपमा विकास गर्नुभएकोमा यहाँहरु सबैमा बधाई तथा धन्यवाद ज्ञापन गर्दछु । चितवनलाई समृद्ध बनाउन चितवन भित्रको रत्ननगरको ठूलो योगदान रहेको मैले पाएको छु । म यस अवसरमा रत्ननगरवासीहरुमा पनि बधाई तथा धन्यवाद ज्ञापन गर्दछु ।
भद्र महिला तथा सज्जन वृन्द
छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भर्खरै सम्पन्न भएका छन् । राष्ट्रियसभाको निर्वाचन घोषणा भईसकेको छ । विभिन्न कालखण्डका क्रान्ति तथा संघर्षका उपलब्धीहरुलाई संस्थागत गरेको नयाँ संविधान कार्यान्वयनको ऐतिहासिक सृङ्खला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँगै लामो समयदेखिको राजनीतिक संक्रमण अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ हुँदैछ । र, देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ । हामी निशंकोच भन्न सक्छौँ, अबको युग आर्थिक समृद्धिको युग हो । अब हामी नेपाली आर्थिक समृद्धिको युगका नेपाली हुनेछौँ ।

लगानीमैत्री वातावरण र राजनीतिक स्थिरताविना समृद्धि सम्भव छैन । नयाँ जनादेशअनुसार संघ र प्रदेशमा छिट्टै स्थिर सरकार बन्नेछन् । स्थानीय सरकार बनिसकेका छन् । राजनीतिक स्थिरतासँगै नेपाल पूर्णलगानीमैत्री बन्नेछ । हामी गौरवका साथ भन्न सक्छौँ, नेपाल विश्वकै उत्कृष्ट लगानी गन्तव्य हो । नेपाल लगानीका लागि भर्जिनल्याण्ड हो ।
ठ। समृद्धिका लागि प्रशस्तै आधार छन् । प्रकृतिले अनुपम उपहारको रुपमा हामीलाई प्राकृतिक स्रोतसाधन दिएको छ, त्यसको उच्चतम सदुपयोगबाट मात्रै पनि हामीले समृद्धि हाँसिल गर्न सक्छौँ । मैले भन्ने गरेको छु, जलविद्युत, कृषि, पर्यटन, खनिज पदार्थ, जडिबुटी, उद्योग कलकारखाना तथा भौतिक पूर्वाधारको विकासका माध्यामबाट नेपाललाई छोटो समयमै समृद्ध बनाउन सक्छौँ ।
ड। यी क्षेत्रको विकासबाट हामीले लाखौँका लागि रोजगारी सिर्जना गरी गरिवी न्यूनीकरण गर्न सक्छौँ, निर्यात व्यापारलाई उल्लेख्यमात्रामा वृद्धि गरी व्यापार घाटालाई सन्तुलनमा ल्याउन सक्छौँ, लाखौँ वाह्य पर्यटकलाई भित्र्याउँदा वैदेशिक मुद्रा भित्र्याउन सक्छौँ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, पूर्वार विकासका माध्यामबाट प्रत्येक नागरिकलाई सुखी र खुशी बनाउन सक्छौँ । खाली हामील्े देशको सम्पदा, प्रकृति र संस्कृतिलाई ठीक ढंगले उपयोग गर्न सक्नुपर्दछ ।

अब हाम्रो ध्यान ठूल–ठूला उद्योग, कलकारखानाको स्थापना, ठूला जलविद्युत निर्माण, व्यवसायिक तथा आधुनिक कृषि उत्पादन, जडिबुटीको व्यवसायीकरण, पर्यटनको विकास र तिव्र गतिमा भौतिक पूर्वाधार निर्माणका साथै गुणस्तरीय शिक्षा र स्वास्थ्यमा केन्द्रित हुनैपर्दछ । यसका लागि ठूला लगानीको खाँचो छ ।
ज्ञण्। हामीले आर्थिक विकासका लागि सार्वजनिक, नीजि र सहकारी गरी तीन खम्बे अर्थनीति लिएका छौँ । यससँगै हामीलाई वैदेशिक लगानीको खाँचो छ । पछिल्लो समय वैदेशिक लगानी उत्साहजनक ढंगले भित्रिरहेको छ । म मुलुकको समृद्धिका लागि मुख्य मुख्य क्षेत्रहरुमा लगानी वृद्धि गर्न सरकार, नीजि क्षेत्र र सहकारी क्षेत्रलाई अपील गर्दछु । वैदेशिक लगानी भित्र्याउन नीजि क्षेत्रलाई सेतुको भूमिका खेल्नसमेत अपील गर्दछु ।
ज्ञज्ञ। राष्ट्रिय अर्थतन्त्रमा नीजि क्षेत्रले खेलिरहेको भूमिका प्रशंनीय छ । लाखौँका लागि रोजगारी सिर्जना गरेको नीजि क्षेत्रले गरिवी न्यूनीकरणमा ठूलो भूमिका खेलेको छ । म यस अवसरमा राष्ट्रिय अर्थतन्त्रमा पु¥याईरहेको योगदानका लागि रत्ननगर उद्योग वाणिज्य संघलगायत नीजि क्षेत्रलार्य धन्यवाद दिन चाहान्छु । मलाई विश्वास छ, देशको समृद्धिका लागि सरकार र नीजि क्षेत्रको साझेदारी आगामी दिनमा अझै कसिलो भएर जानेछ ।

आदरणीय रत्ननगरवासी दिदी बहिनी तथा दाजुभाईहरु
समृद्ध नेपालका लागि समृद्ध चितवन बन्नुपर्दछ । प्रकृतिले दिएका अनुपम उपहारको उच्च सदुपयोग, चितवनवासीको अथाह परिश्रम तथा सिर्जनशिल प्रयोगबाट यहाँको पर्यटन, कृषि, उद्योगको विकास गर्दै देशको समृद्धिमा योगदान पुग्नेमा म विश्वस्त छु । नेपाल सरकारले विशेष आर्थिक क्षेत्र (सेज) परियोजना सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिरहेको सन्दर्भमा चितवनलाई विशेष आर्थिक क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । यहाँको सडक विस्तार, रत्ननगर अस्पतालको स्तर वृद्धि, पर्यटन विकास, अन्य पूर्वाधार निर्माणमा यथोचित ध्यान दिन सरकार र सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदछु । मलाई विश्वास छ, यहाँका जनप्रतिनिधिहरु यस कार्यमा गम्भीर भएर लागिपर्नुभएको छ ।
ज्ञघ। चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्बद्र्धनमा महोत्सवमार्फत विशिष्ट योगदान पु¥याईरहेको रत्ननगर उद्योग वाणिज्य संघले उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण एवम् संवर्धन गर्दै यो महोत्सवबाट समृद्ध रत्ननगर र समृद्ध चितवनको लागि ऐतिहासिक योगदान पु¥याउनेमा म विश्वस्त छु ।

 अन्त्यमा, मलाई यो महत्वपूर्ण कार्यक्रममा आमन्त्रण गरी न्यानो आतिथ्यता प्रदान गरेकोमा रत्ननगर उद्योग वाणिज्य संघलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु । रत्ननगर उद्योग वाणिज्य संघ र यो संघमा आबद्ध व्यवसायीहरुको उत्तरोत्तर प्रगतिहोस्, मेरो शुभकामना छ ।
धन्यवाद ।

Promise Education Consultancy