जेलबाट बालकृष्ण ढुंगेलले गरे गोविन्द केसीको आन्दोलनलाई समर्थन

काठमाडौं,२७ पुस । बालकृष्ण ढुंगेलले डा गोविन्द केसीको आन्दोलनलाई समर्थन जनाएका छन् । सदरखोर कारागार डिल्लीबजारमा कैद भुक्तानी गरी रहेका माओवादी नेता बालकृष्ण ढुङेलले जेलबाटै डाक्टर गोविन्द केसीको आन्दोलनमा समर्थन जनाएका हुन्।

ढुङेललाई भेट्न सदरखोर पुगेकी उनकी जेठी छोरी विनिताले बालकृष्णलाई उदृत गर्दै आफ्नो फेसबुक वालमा लेखेकी छन्– ‘इतिहासकै दोस्रो पटक दोस्रो व्यक्ति बनेर अदालती अत्याचार र व्यापारिक न्यायसम्पादनका विरुद्ध आवाज बुलन्द गर्दै अदालती अन्यायको विरुद्धमा आन्दोलनको विभिन्न स्वरुपमध्ये एउटा आमरण अनसन जस्तो जोखिमयुक्त आन्दोलन गर्नु हुने डा। गोविन्द केसीको साहस र आन्दोलनलाई एक्यबद्धतासाथ मेरो अभिवादन छ ।’

२०५५ असार १० मा ओखलढुङ्गाका भुवन भनिने उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा कार्तिक १४ गते काठमाडौंको सातदोबाटोबाट पक्राउ परेका उनले उनले अदालतका विरुद्ध केसीले चलाएको आन्दोलनमा समर्थन जनाएका हुन् ।

छोरी विनिताले आफू १५ दिनपछि बुबालाई भेट्न जाँदा आफूलाई बुबाले यो सन्देश पु¥याई दिन भनेको उल्लेख गरेकी छन् । दुई छोरी र एक श्रीमती रहेका ढुङ्गेल कपन बस्दै आएका छन् ।