पृथ्वी जयन्ती तथा एकता दिवसको विरोधमा जनजाति महासंघ (विज्ञप्ती सहित)

काठमाडौं,२७ पुस । नेपाल आदिवासी जनजाति महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको नाममा यही पुस २७ गते राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने भनी गरेको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले बुधबार विज्ञप्ति जारी गरी आम आदिवासी जनजातिको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक हकअधिकार, मूल्य र मान्यतालाई बलात् गर्दै आन्तरिक औपनिवेशीकरणको शैलीमा राज्य विस्तार गर्ने व्यक्तिको जन्मदिनमा दिइएको सार्वजनिक विदा अविलम्ब फिर्ता लिन पनि माग गर्दै विज्ञप्ती निकालेको छ ।
हेरौँ विज्ञप्ती

Promise Education Consultancy