डिन प्राडा शशि शर्मा कुर्सीमा बस्न नपाउँदै बिदा हुँदै

काठमाडौँ, २७ पुस ।  सर्वोच्च अदातलबाट पुनर्बहाली भएका डिन प्राडा शशि शर्मा कुर्सीमा बस्न नपाउँदै बिदा हुँदै छन् ।

पदावधि सकिन चार दिन बाँकी छँदा सर्वोच्चको आदेशले पुनर्बहाली भएका उनी हाजिर गरे पनि डिनको कुर्सीमा बस्न पाएनन् ।

डिन कार्यालयमा चिकित्सा क्याम्पस, स्वावियुले तालाबन्दी गरेको छ ।

डा. शर्माले आईटी विभागमा गई हाजिर गरिरहेका छन् ।

अदालतले चार बर्ष लामो मुद्दा किनारा लगाउँदै आइतबार उनलाई बहाली गरेको थियो ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Promise Education Consultancy