उपराष्ट्रपति पुनको चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी ( तस्बिरमा यस्तो देखियो )

चितवन, २६ पुस । उपराष्ट्रपती नन्द बहादुर पुनले आज चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । अवलोकनका क्रममा निकुञ्जका प्रमुख रामचन्द्र कडेल र निकुञ्ज सुरक्षाथ खटिएको बटुक दलका गणपति समुन्द्र थापाले संरक्षणमा भएका उपलब्धि बारे  जानकारी गराए ।

उपराष्ट्रपती पुनले निकुञ्जको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै निकुञ्जका प्रमुख कडेल र गणपति थापको प्रशंसा गरे ।
आज दिउँसो ३ बजे हेलिकप्टरबाट सौराहामा आएका उनले लगत्तै जीप सफारीबाट निकुञ्ज को अवलोकनका गरेका थिए ।

समग्र चितवनको गौरव र गरिमामय प्रस्तुति भन्ने नारासाथ पुस २७ गते बिहीबारदेखि सुरु हुन लागेको नवौँ रत्ननगर महोत्सवको उद्घाटन गर्न उपराष्ट्रपति नन्दबहादुर पुन आजै चितवन आएका हुन् । भोली १० बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Promise Education Consultancy