एमाले अध्यक्ष ओली आज बैंकक जाँदै

काठमाडौँ, २६ पौष । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज बुधबार थाइल्याण्डको बैंकक जाँदै छन्।

उनी बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जान लागेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनेछन्।

सचिव ज्ञवालीले ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत जानेछन्। मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनी बैंकक जाने गरेका छन्।

निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उनी बैँकक जाने भएका हुन्। निर्वाचनअघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भए पनि निर्वाचनको कारणले उनी जान सकेका थिएनन्।

स्वास्थ्य परीक्षण गराई उनी माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिव ज्ञवालीले जानकारी गराए। रासस

Promise Education Consultancy