नारायणी यातायातमा यस्तो अध्यक्ष पदका पराजुली प्यानलले ११ बुदेँ प्रतिवद्धता

चितवन,  २६  पुस । नारायणी यातायात व्यवसायी संघको पुस २७ गते हुने निर्वाचनको लागि अध्यक्ष पदमा गोर्कण पराजुली र उनको प्यानलले उम्मेदवारी घोषणा गरे संगै विभिन्न प्रतिबद्धता पनि जाहेर गरेको छ । पराजुली प्यानलले जिते आगामी ३ बर्ष सम्म संघमा नयाँ दर्ता नदिने र पुराना ब्यबसायीलाई दिर्घलालिन राहत दिने योजना रहेको बताइएको छ ।

‘भाडादर थोरै भएको बेलामा हामी घाटामा गाडी दौडाउन वाध्य भएका छौ र नयाँ गाडी निकालेर संघमा दर्ता दिनु हाम्रो लागि आफ्नै खुट्टामा बन्चरो हान्नु हो भन्ने हाम्रो बुझाई छ’ पराजुली प्यानल स्रोत बताउछ ।

सम्पूर्ण व्यवसायीहरुलाई आफ्नो मत दिई पराजुली प्यानललाई जिताउन प्यानलले आग्रह पनि गरेको छ ।

पराजुली प्यानलले जिते निम्न कुराहरु कार्यनयन हुने बताइएको छ

१. नारायणी संघ वास्तव मै यातायात व्यवसायीको अभिभावक हो भन्ने धारणा स्थापित गरिनेछ । कसैले पनि यो पेशाबाट विस्तापित हुनु नपरोस् भन्नका लागि लगानीको उचित प्रतिफल आउने वातावरण बनाइनेछ । पुराना सवारी विस्थापित गर्ने व्यवसायीको मात्र नयाँ गाडी दर्ता गरिनेछ । विस्थापित हुने सवारी धनीलाई विशेष सुविधा र राहतका प्याकेज लागू गरिनेछ ।
२. दुर्घटना हुँदा व्यवसायीले ऋण गरेर गाडी बनाउने, घाइते र मृतकलाई क्षतिपूर्ति दिनु पर्ने अहिलेको अन्यायपूर्ण अवस्थाको अन्त्य
गरिनेछ। सवारी मर्मतमा पेश्की, बिमामा आवश्यक सहजिकरण र घाइते वा मृत्यू हुँदा लाग्ने सबै खर्च संघले नै व्यहोर्ने व्यवस्था मिलाइनेछ। अहिलेले दिँदै आएको धन दायित्वतर्फको सुविधालाई प्रत्येक वर्ष बृद्धि गर्दै लग्ने र दररेट समेत समय सापेक्ष बृद्धि गरिनेछ।
३. यात्रुबाहक सेक्टरलाई नमूनाको रुपमा लिई पहिलो चरणमा यात्रुबाहक सवारीको कर, परमिट, बिमा लगायत् सबै कागजात संघबाटै तयार गरिदिने र दुर्घटनाको अवस्थामा संघले नै सवारी मर्मत गरिदिने गरी आवश्यक व्यवस्थापन गरिनेछ । र यो कार्यक्रमलाई ३ वर्षभित्र सबै सवारीमा लागू गरी दुर्घटना हुँदा सवारीधनीलाई हुने आर्थिक र मानसिक तनावबाट मुक्त पारिनेछ ।
४. तौलपुलमा भइरहेको अपारदर्शितालाई हटाउन, आम व्यवसायीको प्रतिनिधित्व राख्ने, र सूचना, सञ्चारको माध्यम समय अनुकूल व्यवस्था गरी ढुवानी तथा ओभरलोडलाई निरुत्साहित गरिनेछ । लामो गाडीहरुको तौल गर्न मिल्ने गरी तौलपुलको पुनः संरचना गरिनेछ ।
५. दुर्घटनाको न्यूनिकरणका लाागि नियमित रुपमा दुर्घटना न्यूनिकरणका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।
६. यात्रुबाहक क्षेत्रमा नयाँ–नयाँ रुट बृद्धि गरी देशव्यापी रुपमा यात्रुबाहक सेवा सञ्चालन गरिनेछ ।
७. संघको मुख्य कार्यालय एवं शाखाहरुलाई सुचना प्रविधिमा चुस्त दुरुस्त बनाउने, र व्यवासयीको संख्या र दुर्घटनाको जोखिमका आधारमा नयाँ शाखा तथा सम्पर्क कार्यालयहरु खोलिनेछ । यसका लागि तत्काल धादिङ र कोशी पूर्व १, १ जना आरक्षण कोटासहित कार्यालय स्थापना गरिनेछ । साथै क्षेत्रीय कार्यालय र शाखा कार्यालयहरुको अधिकार बृद्धि गरी सम्बिन्धत क्षेत्रका व्यवसायीले सोही शाखाबाटै सबै सुविधाहरु पाउने वातावरण बनाइनेछ ।
८. आर्थिक पारदर्शितालाई अत्यन्तै प्राथमिकता दिइनेछ । अनावश्यक खर्च कटौती गरिनेछ । अतिरिक्त भत्ता, सुविधा, इन्धन लगायत्का अनावश्यक लाभ र विकृतिमा हाम्रो टीम कदापि लाग्ने छैन । कार्यसमितिबाट भए गरेका आर्थिक खर्च र निर्णयहरु व्यवसायीले चाहे अनुरुप हेर्न सक्ने व्यवस्था मिलाइनेछ । आन्तरिक लेखापरीक्षक राखिनेछ र व्यवसायी माझबाट प्रभावकारी लेखा समितिको व्यवस्था गरिनेछ ।९. दुर्घटनाको केश किनारालाई उच्च प्राथमिकतामा राखिनेछ । शाखा र क्षेत्रमा १, १ वटा र मुख्य कार्यालयमा २ वटा टोलीलाई आकस्मिक रुपमा तत्काल परिचालन हुन सक्ने गरी आवश्यक श्रोत साधनसहित कार्यसमिति, उपसमिति, व्यवसायी र कर्मचारीको संयन्त्र निर्माण गरिनेछ । केशको जटिलताका आधारमा कार्यसमितिका प्रत्येक पदाधिकारी, सदस्यहरुलाई दुर्घटना केशमा अनिवार्य प्रतिनिधित्व गर्ने गरी जिम्मेवार बनाइनेछ ।
१०. मुख्य कार्यालयको भवन स्थानान्तरण गरी थानाभ¥याङ्मा सुविधा सम्पन्न भवन बनाइने छ । त्यहीँबाट धनदायित्व मूल्याङ्कनको काम विहान ६ बजेदेखि साँझ ६ बजेसम्म गर्ने व्यवस्था मिलाइनेछ ।
११. विदेशी मालबाहक सवारीहरुको निर्वाध नेपाल प्रवेशमा निषेध गर्न नेपाल सरकारसँग समन्वय र प्रभावकारी पहल गरिनेछ ।

Promise Education Consultancy