घैरुङमा माघेसंक्रान्तिको दिन गोरु जुदाईने

गोरखा, २५ पुस । शहिद लखन गाउँपालिकामा यस बर्ष पनि गोरु जुदाई मेला हुने भएको छ। हिमाल देवि युवा क्लब शहिद लखन गाउँपालिका वडान. ६ को आयोजनामा माघ १ गते अर्थात माघेसंक्रान्तिको दिन घैरुङमा गोरु जुदाइ मेला हुने भएको हो ।

गाउँपालिकाको केन्द्र समेत रहेको वडामा पुस २६ गते बाट फुटबल प्रतियोगिता पनि आयोजना गरिने छ। उक्त प्रतियोगितामा प्रथम ले रु.६०हजार दोस्रो ले रु.३० हजार तेस्रो र सान्त्वना हुनेले रु. १०/१० हजार पाउने ।
गोरु जुदाइ प्रतियोगितामा पहिलो हुनेले रु.८ हजार र दोस्रोहुनेले रु.४ हजार नगद प्राप्त गर्ने छ। हिमाल देवि युवा क्लबले सबै पुरस्कार माघ १ गते नै प्रदान गर्ने जानकारी दिएको छ ।

Promise Education Consultancy