हेटौडाको हुप्रचौरमा कुस्ती प्रतियोगिता हुने

 

मकवानपुर, २५ पुस । राखेप च्याम्पियनशिप २०७४ अन्तर्गत हेटौडामा कुस्ती प्रतियोगिता हुने भएको छ ।

पौष २७ र २८ गते हुप्रचौरमा १३औ राष्ट्रिय सिनियर महिला तथा पुरुष कुस्ती प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा २६ जिल्ला र २ विभागीय गरी २८ टिमको सहभागिता हुने आयोजक नेपाल कुस्ती संघले हेटौडामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

खेलका लागि २२ महिला र ५६ पुरुष गरी ७८ जना खेलाडी सहभागी हुने नेपाल कुस्ती संघका महासचिव बिधासागर पोखरेलले जानकारी दिनुभयो । कुस्ती खेलका लागि १३ जना निर्णायक रहने र यस खेलका लागि १३ लाख अनुमानित बजेट छुट्टाईएको आयोजकले जनाएको छ ।

Promise Education Consultancy