अनौठो चलन,पिरो खुर्सानी धेरै खाए राजा’ बन्न पाईने

चीनको विकासमात्रै होइन परम्परा र संस्कृति पनि आश्चर्यजक छन् । चीनमा प्रत्येक वर्ष मनाइने खुर्सानी महोत्सवमा ‘खुर्सानी राजा’ चयन गरिन्छ ।

चीनमा प्रत्येक वर्ष मनाइने ‘खुर्सानी महोत्सव’मा अत्यन्तै पिरो मानिने रातो खुर्सानी छोटो समयमा धेरै खाएर एक युवा ‘खुर्सानीको राजा’ अर्थात चिल्लि किंग बनेका छन् । चीनको हुनान प्रान्तस्थित निंगसियांग शहरमा आयोजित महोत्सवमा सु नाम गरेका ती युवकले ६० सेकेण्डमा १५ ओटा खुर्सानी खाएर पहिलो भएपछि उनी ‘खुसार्नीको राजा’ बनेका हुन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’का अनुसार यस स्पर्धामा सहभागी प्रत्येक प्रतियोगीले अत्यन्तै पिरो मानिने तथा चीनमा ‘खुर्सानीको राजा’ नामले चिनिने बिशेष प्रकारको खुर्सानी जनिसक्दो धेरै खानु पर्ने हुन्छ, त्यो पनि पानी र खुर्सानी मिसाएर हालिएको ठूलो भाँडोभित्र बसेर ।

उक्त प्रतियोगीतामा अत्यन्तै पिरो पानीमा बसेर खुर्सानी खानुपर्ने भएकोले प्रतियोगीहरुको पेटभित्रमात्र नभई शरीरका बाहिरी संवेदनशील अंगहरु आँखा, कान लगायत गुप्तांगहरुमा समेत खुर्सानीको पिरोले पोल्ने गर्दछ ।

प्रतिस्पर्धा सकिएलगत्तै पिरो कम गर्न युवकलाई बरफभित्र राखिन्छ भने कतिपयलाई त अस्पतालनै लैजानु पर्ने अवस्था सृजना हुन्छ ।

Promise Education Consultancy