सम्पादकीय : चिसोबाट बचाऊ

चिसोले आमनागरिकको जनजीवन कठिन बन्दै गएको छ । चिसो बढेसँगै तराई क्षेत्रमा शीतलहरले जनजीवन प्रभावित बनाएको छ भने पहाडी क्षेत्रमा बाक्लो तुसारो परिरहेको छ । चिसोले विशेष गरी बालबालिका तथा वृद्धवृद्धाहरु प्रभावित भएका छन् । पहाडी क्षेत्रमा टहरामा बसिरहेका भूकम्पपीडतहरुलाई चिसोले अझ धेरै सताइरहेको छ । टहरामा बस्ने बालबालिका, वृद्धवृद्धाहरु चिसोको कारण दम, रुघाखोकी, निमोनियाजस्ता समस्याले च्याप्न थालेपछि स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको छ । त्यसैले चिसोबाट बच्न सतर्कता अपनाउन जरुरी छ । नेपालीहरूको विडम्बना भनौ चिसो वर्गगत रुपमा फरक तरिकाले लाग्दछ ।
तुसारोले फलफूल तथा अन्य तरकारी खेतीमा असर परेको छ । चिसोको कारण बिहान सबरैदेखि साँझ अबेरसम्म कामकाजमा व्यस्त रहनेहरुको दैनिकी पनि प्रभावित भएको छ । चिसोकै कारण शहर बजारमा रहेका व्यापारिक केन्द्रहरुमा पनि साँझ–बिहान चहलपहल घटेको छ । तुलनात्मकरुपमा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गहरु यो समयमा अझ बढी प्रभावित हुने गर्छन् । मौसमअनुसार चिसो बढ्नु स्वाभाविक भए पनि यसमा पूर्वसतर्कता अपनाउँदा चिसोको प्रभाव घट्न सक्छ । हिउँद लागेपछि पानी नपरेको लामो समय भयो । पानी परेपछि अझै केही दिन चिसो बढ्ने हुँदा सबैले आवश्यक सतर्कता अपनाउनुपर्छ । सम्बन्धित सरकारी निकाय र संघसंस्थाहरुले पनि नागरिकलाई चिसोबाट जोगाउने कार्यक्रम एवं योजना ल्याउनुपर्छ ।
बिेतेका वर्षहरू र यस वर्षमा एउटा फरक भने छ । शीतलहरको कहर सहनुपर्ने जनताले नै चुनेका प्रतिनिधिले स्थानीय सरकार चलाएका छन् । स्थानीय जनप्रतिनिधिहरू त कम्तीमा यो शीतलहरको कहर भोग्न बाध्य समुदायप्रति उदासीन नहुनुपर्ने हो । स्थानीय जनप्रतिनिधिलाई त पक्कै पनि शीतलहरलले सताउने सबैभन्दा गरिब र कमजोरलाई हो भन्ने थाहा होला । गरिबहरूलाई चिसोले नभई मूलतः भोकले मार्ने हो । शरीरले शीतलहरको चिसो थाम्न नसकेपछि विशेषगरी बालबालिका, गर्भवती, सुत्केरी, बूढापाका मर्ने हुन् । यसैले आगो ताप वा न्यानो लुगा लगाऊ भन्नु तिनीहरूको उपहास गरेजस्तै हो । मीठो हैन एक पेट तातो खान पाए भने शीतलहरले तिनलाई मार्न सक्नेछैन ।

सबै गरिबलाई खानेकुरा वितरण गर्ने पैसा स्थानीय निकायसँग नहोला । त्यसमाथि विकास भनेको भौतिक संरचनामात्रै हो भन्ने सोच भएका सरकारी कर्मचारीले जनप्रतिनिधिले चाहे पनि खानेकुरा किन्न पैसा बाँड्न दिँदैनन् । यसैले गरिबले खान पाउने र स्थानीय सरकारले खर्च गर्दा पनि पछि बेरुजु वा भ्रष्टाचार नहुने उपाय खोज्नु जरुरी हुन्छ । कामका लागि खाद्यान्न जस्ता कार्यक्रम यसमा विशेष उपयोगी हुने देखिन्छ । परिवारमा काम गर्न सक्ने कुनै व्यक्ति नै नभए राज्यले त्यस्ता परिवारका सदस्यको ज्यान जोगाउन खानेकुरा र लगाउने लुगा पनि वितरण गर्नुपर्छ ।
वास्तवमा चिसोबाट बन्नको लागी निम्न वर्गीय परिवारको लागी यो मौषम ज्यादै कष्टकर हो । ता की गोजीमा लाखौँ रुपिइाा हुने हरु , राजनीतिमा लागेर आफु उपल्लो निकायमा पुगेकाहरूले ति वर्गहरूको लागी अब के गर्न सकिन्छ ? सोच्नुपर्नै समय आएको छ । सकिन्छ नीतिमा केहि हेरफेर गरौँ सकिँदैन असल मानवीय भावनाको प्रदर्शन गरौँ । त्यस्ता परिवारहरूको पहिचान गरी सहयोग गरेर । अकृत कमाएर, आफु मोजमा बसेकाहरूले पनि यो बेला फर्केर हेरे मात्रै पनि केहि लाभ भने अवस्य हनेछ । दया र मानवीय संवेदनाले भरिएका मनहरू साँच्चै मानवीयता प्रदर्शन गर्न चाहान्छन् भने तराईमा सितलहरबाट ति परिवारलाई बचाउ जो अझै कोहि आउने आशामा कुरिरहेको छ ।

 

Promise Education Consultancy