हामीलाई आफ्नो अभिभावक पाएको अनुभूति भएको छ : व्यवसायी

चितवन, २५ पुस ।उद्योग वाणिज्य संघ, चितवनको चुनावी अभियान तथा घरदैलौ कार्यक्रममा अध्यक्षका प्रत्यासी राजु श्रेष्ठको प्यानललाई स्थानीय व्यवसायीहरुले आफ्नो अभिभावक पाएको अनूभूति गरेको बताएका छन ।
आज नारायणगढको भृकुटीपथ, मिलनचोक, पुलचोक एवं महानगरको शिवनगर, पार्वतीपुर लगायतका क्षेत्रमा गरिएको घरदैलो एवं भेटघाट क्रममा उनीहरुले यस्तो बताएका हुन। भेटघाट र चुनावी अभियानमा रहेका राजु श्रेष्ठका प्यानलका उम्मेदवारहरुलाईे भव्य स्वागत गर्दै उनीहरुले हरेक सुख दुःख एवं कठिन परिस्थितिमा राजु श्रेष्ठको साथ र सहयोग पाएकोमा खुशी व्यक्त गरे ।
व्यवसायीहरुले अवको दिनहरुमा पनि श्रेष्ठको प्यानलको नै आवश्यकता रहेको भन्दै यसपटकको चुनावमा यही प्यानलाइनै विजय गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
भेटघाट एवं घरदैलो कार्यक्रममा व्यवसायीहरुको प्रश्नको जवाफ दिदै श्रेष्ठले आफू जहिले पनि व्यवसायीक हक हित र पक्षमा रहेको उल्लेख गर्दै आफूले जिते समग्र चितवनका उद्योगी,व्यवसायीको समस्या हल गर्ने प्रतिबद्धता जनाए । उनले आफू उद्योग वाणिज्य संघको कार्यसमितिमा रहेर १० बर्ष देखि व्यवसायीहरुको सेवामा विताएको भन्दै अवको बाटो चितवनलाई एउटा आर्थिक समृद्धिको शहर बनाउने आफ्नो सपना रहेको स्पष्ट पारे ।
आम व्यवसायीहरुको साथ र समर्थनले आफू पुलंकित भएको बताउंँदै उम्मेदवार श्रेष्ठले आफूले चुनाव जिते संघको गरिमालाई थप उचाईमा पुरयाउने बताए। उम्मेदवार अध्यक्ष श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विष्णु कँडेल, उपाध्यक्षहरुमा राजेन्द्र कँडेल, नविन कँडेल, ‘विपिन’ रामुदामु प्रतिस्पर्धामा छन । यस्तै सदस्यहरुमा प्रभात ढुंगाना, विकास थापा, दुर्गाप्रसाद गौतम, इ.कृष्णप्रसाद रिजाल, मुना गुरुङ लिला क्षेत्री, शंकर घिमिरे, सुलोचना श्रेष्ठ, थिरप्रसाद धिताल, विद्यासागर चालिसे, दिनेश राठी, बाबुराम कँडेल उम्मेद्वार रहेका छन ।
अहिले यी दुबै प्यानलका उमेद्धवार सबै घरदैलो तथा चुनावी प्रचारप्रसारमा जुटेका छन। उद्योग वाणिज्य संघको ५१ औ अधिबेशन एवं साधारण सभा यही पुष २९ र ३० गते हुदैछ। नयांँ नेतृत्व चयनको लागि सहनलाल प्रधान र राजु श्रेष्ठ प्यानल चुनावी मैदानमा छन ।
भोलि बुधबार उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको संघले जानकारी दिएको छ ।

Promise Education Consultancy