दोस्रो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुग्यो, महोत्सव पुर्ण सफल हुनेमा विश्वास

राजन खरेल

गैँडाकोट, २५ पौस । दोस्रो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार (आज)  गैँडाकोटमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक उद्योग वाणिज्य संघ गैंडाकोटले  यस्तो जानकारी गराईएको हो ।  “आफ्नै गौरव आफ्नै उत्सव” , समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ  आयोजित,  महोत्सवमा यस पटक स्थानिय वस्तु प्रबद्र्धन, स्थानिय उत्पादन र बजारीकरणलाई विशेष प्राथामिकता दिने, महोत्सब मुल समारोह समिति संयोजक दिपक सापकोटाले जानकारी दिनुभएको छ ।

 


पत्रकार सम्मेलनमा महोत्सवको प्रचारप्रसार समिति संयोजक सालिकराम सापकोटा सहजिकरण गर्दै पत्रकारहरुलाई महोत्सबको तयारी र मुख्य आक्रषणबारे जानकारी गराउनुभएको थियो । नवलपुरको गैँडाकोट र आसपासका उत्पादित वस्तु दुग्धजन्य पर्दाथ र विभिन्न कृषिजन्य पर्दाथबाट निर्मित वस्तु र परिकार, स्थानिय भेषभुषा , रहनसहन प्रर्दशनीमा रहने बताईएको छ ।

कुल ३२० वटा स्टल रहने महोत्सबमा ४० वटा प्रर्बदनात्मक स्टल रहने छन् । जसमध्ये १७ वटा कृषि, विभिन्न जातजाती र समुदायका मौलिकता झल्कने घरहरु, उत्पादन, विशेष क्षमतावान व्यक्तिहरुका उत्पादन र क्षमता प्रर्दशनी आदि रहने बताईएको छ । सुचना प्रविधि, आधुनिक विधुतिय वस्तु प्रदर्शनी लगायतले युवावर्गलाई प्रविधि संग रमाउने मौका दिने बताईएको छ ।

महोत्सबमा दैनिक राष्६्रिय कलाकारका प्रस्तुती तथा विभिन्न प्रतियोगिताले महोत्सबमा अबलोकनकर्तालाई थप उत्साह र मनोरञ्जन दिनेछन् । अबलोकनकर्तालाई महोत्सवमा सबैखाले व्यवस्था मिलाईएको छ । सबै उमेर समुहलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु राखिने भएको छ । बालबालिकाका लागी बाल उद्मान र झलुङ्गा रहने छ ।

महोत्सवको आउने विहिबार, नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पौस २७ देखि माघ ५ गते सम्म गैँडाकोट स्थित नारायणी नदि किनारमा संचालन हुने महोत्सब उद्मोग वाणिज्य संघ गैडाकोटको आयोजना तथा गैँडाकोट नगरपालिका , देवचुली उधोग वाणिज्य संघ, नेपाल उद्मोग वाणिज्य महासंघको सह आयोजना रहेको छ ।

Promise Education Consultancy