चितवनमा ठूलो परिमाणमा लागुऔषधसहित दुई भारतीय पक्राउ

चितवन, २५ पुस । चितवनमा ठुलो परिमाणको लागु औषध गाँजा ओसार पसारमा प्रयोग भएको भारतीय नम्बरको बोलेरो गाडीसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गाडीचालक भारत मोतीहारी जिल्ला गोपीगंज थाना सर्या्पिपराका २४ वर्षीय नरेशकुमार प्रसाद र सोही टोलका १९ वर्षीय निकेश कुमार रहेको चितवन प्रहरीले जनाएको छ ।
वीरगञ्ज तर्फ जान लागेको जे.एस .१ एन, ९६११ नम्बरको महिन्द्रा बोलेरो गाडीसहित दुईजना भारतीय नागरिकलाई भरतपुरमा पक्राउ गरेको हो ।
प्रहरी सहायक निरीक्षक अक्ष्य कुमार शाहको नेतृत्वमा खटिएको मोबाइल टोलीले गस्तीगर्दै जाने क्रममा भरतपुरको गोन्द्राङमा शंका लागेर सोधपुछ गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुबाट ३३ बण्डल ८६ किलो ४ सय ७० ग्राम लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । बोलेरो गाडीको हुटमुनि फल्स बटम बनाई बटम भित्र पत्रिका र प्लाष्टिकले बेरेर लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
ओसार पसारमा संलग्न दुवैजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायक उपरीक्षक शिवशर्मा आचार्यले जानकारी दिए ।

Promise Education Consultancy