व्यवसायिक हकहितका लागि आफ्नो उम्मेद्वारीः प्रधान

 

चितवन, पुस २४ । उद्योग वाणिज्य सँघ चितवनको पुस ३० गते हुने अधिवेशनमा अध्यक्ष पदका उम्मेद्वार सहनलाल प्रधानले व्यवसायिक हकहितका लागि आफ्नो उम्मेद्वारी भएको वताउनुभएको छ ।
आज भरतपुरमा घरदैलोका क्रममा व्यवसायीसँग कुरा गर्दै प्रधानले व्यवसायको प्रर्वद्धन र व्यवसायीको सरक्षण आफ्नो प्रमुख मुद्धा भएको वताउनुभयो ।
“उहाँले भन्नुभयो,मैले अहिलेसम्म व्यवसायीको शिर झुक्ने काम गरेको छैन्,आगामी दिनमा पनि म वाट नराम्रो काम हुने छैन,तपाइहरु बिस्वस्त भए हुन्छ ।” प्रधानले उद्योग वाणिज्य सँघलाई विधि र विधान अनुरुप चल्ने संस्था वनाउन आफू अध्यक्षको उम्मेद्वार वनेको वताउनुभयो ।

प्रधान प्यानले आज भरतपुरका विभिन्न क्षेत्रका व्यवसायीलाई भेटेर आफ्नो पक्षमा मत मागेका छन् । टोलीले भरतपुरको हाकिम चोक,क्यान्सर अस्पताल गेट लगाएतका क्षेत्रका व्यवसायीलाई भेटघाट गरिएको हो ।
सो अवसरमा होटल व्यवसायी संघ कृष्णपुर इकाईले सहनलालप्रधान प्यानललाई समर्थन गर्ने प्रतिवद्धता जनाएको छ । सघका अध्यक्ष दिपक ढकालले व्यवसायीको हकहितका लागि प्रधान प्यानलले काम गर्न सक्ने भएकाले आफूहरु सो प्यानललाई विजयी गराउन अग्रसर भएको वताउनुभयो ।
सो क्रममा होटल व्यवसायीले झेल्दै आएका समस्याका वारेमा उम्मेद्वारलाई जानकारी गराएका थिए । क्यान्सर अस्पाताल आसपासमा रहेर होटल व्यवसाय सँचालन गरेका व्यवसायीको समस्या समाधानका लागी प्रधान प्यानलका उम्मेद्वारले तत्काल पहल थाल्ने प्रतिवद्धता जनाएका छन् । सोही क्रममा प्रधान प्यानलले मृगौला पिडित होटल व्यवसायी सँघ चितवनका दित्तिय उपाध्यक्ष विर वहादुर गुरुङलाई नगद २५ हजार सहयोग गरेको छ ।

प्रधान प्यानलवाट वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ,उपाध्यक्षमा भोजराज कौडाल,चिरन्जीवि सुवेदी र सुमन श्रेष्ठ उम्मेद्वार बन्नुभएको छ । यस्तै कार्यसमिति सदस्यमा उद्योग तर्फ अशोक अधिकारी, विनोद पौडेल, चन्द्रमणी सापकोटा,रोहित कुमार श्रेष्ठ, सिद्धार्थलाल चुके र सोमप्रसाद काप्री उम्मेद्वार वन्नुभएको छ,भने वाणिज्य तर्फ बलराम भण्डारी,ज्ञानु प्रसाद न्यौपाने,इश्वरी प्रसाद खराल, लक्ष्मी रिमाल पौडेल, राजेन्द्र ओली र तारानाथ पाठक उम्मेद्वार बन्नुभएको छ ।
यस्तै महिला तर्फ कार्यसमिति सदस्य पदमा रजनी मास्के उम्मेद्वार बन्नुभएको छ । उद्योग वाणिज्य संघ चितवनको ५१ औं साधारण सभा तथा अधिवेशन यही ३० गते हुँदैछ ।