लोथरको विपद् उत्थानशिल समुदायको विकासमा आरआरएनको परियोजना

चितवन, २५ पुस । नेपाल ग्रामिण पुनर्निमार्ण संस्था आरआरएनद्धारा जापनिज संस्था साप्ला नीरको आर्थिक सहयोगमा सञ्चालित जलउत्पन्न प्रकोप न्युनिकरण परियोजना अन्तर्गत राप्ती नगरपालिका १२ र १३ मा हुने कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
परियोजना अन्तर्गत साविकको लोथर गाविसका विभिन्न स्थानमा कार्यक्रमहरु गरिनेछन् । कान्देश्वरी आधारभुत विद्यालय कान्दामा सुरक्षात्मक पर्खाल निर्माण,जीवीकोपार्जनका लागि बृक्षारोपण, प्रकोप नक्शांकन, विपद र जलबायुजन्य जोखिम व्यवस्थापन सम्बन्धी तालिम, विपद योजना निमार्ण समाबेश र कार्यान्वयन सम्बन्धी तालिम लगायतका रहेका छन् ।
यी कार्यका लागि सन् २०१८ मा करिब १६ लाख रुपैयाको काम हुने परियोजनाका जिल्ला संयोजक रविन्द्रसिंह ठकुरीले जानकारी दिनुभयो । विपद उत्थानशिल समुदायको विकास गर्ने उद्धेश्यका साथ संस्थाले गतबर्षदेखि लोथरमा पहिरो रोकथाममा काम गर्दै आएको छ ।
जस अन्र्गगत गत बर्ष श्री गणेश आधारभुत विद्यालय यौरालीटार र कान्देश्वरी आधारभुत विद्यालय कान्दामा सुरक्षात्मक पर्खाल निमार्ण, विपद व्यवस्थापनका लागि विभिन्न तालिमहरु गरिएका छन् ।
राप्ती नगरपालिका वडा नम्बर १२ र १३ को समन्वयमा यौरालीटारमा आयोजित परियोजनाको प्रगति तथा आगामी बर्षको कार्यक्रम प्रस्तुतीकरण कार्यक्रम सामुदायिक विपद व्यवस्थापन समिती यौरालीटारका टोलका अध्यक्ष चन्द्रबहादुर तामाङको अध्यक्षतामा भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि राप्ती नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष एवं वडास्तरीय विपद व्यवस्थापन समितीका अध्यक्ष अर्जुन चेपाङ रहनुभएको थियो ।
परियोजनाका फिल्ड संयोजक सरिता पौडेलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा संस्थाको प्रगती र आगामी बर्षको कार्यक्रमको बारे परियोजनाका जिल्ला संयोजक रविन्द्र सिंह ठकुरीले गर्नुभएको थियो । सो अवसरमा वडाध्यक्ष अर्जुन चेपाङ, हरि बहादुर तामाङ, धर्मजित तामाङ, कुल बहादुर तामाङ लगायतले बोल्नुभएको थियो ।

Promise Education Consultancy