जाजरकोटमा भाइरलका कारण मृत्यु हुनेको संख्या १२ पुग्यो

जाजरकोट,२५ पुस । जाजरकोटमा भाईरलका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । ।जाजरकोटको जुनीचाँदे–३ मा भाइरलका कारण थप एकजनाको आज बिहान मृत्यु भएकोे छ ।जुनीचाँदे गाउँपालिका–३ का ५८ वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्णबहादुर खत्रीले जानकारी दिए ।
भण्डारी तीनदिनदेखि बिरामी थिए । अहिले गाउँपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सन्चालन गरी उपचारसमेत जारी राखिएको खत्रीले बताए ।यससहित भाइरलबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।जाजरकोटमा बालबालिका र वृद्धलाई भाइरलले निकै सताएको छ ।

Promise Education Consultancy