एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बालकोटमा सुरु

काठमाडौं, २५ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक एमाले अध्यक्ष निवास बालकोटमा सुरु भएको छ । लामो समयदेखि बस्न नसकेको एमाले र माओवादीको एकता संयोजन समितिको बसेको हो ।

बैठकले पार्टी एकताका लागि संगठनात्मक र सैद्धान्तिक विषयमा टुङ्गो लगाउन कार्यदल गठन गर्ने विषयमा छलफल गर्ने बताइएको छ । संयोजन समितिको बैठक बस्नुअघि दुवै दलले आन्तरिक छलफल गरेका थिए ।

सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले पार्टी एकता गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै माओवादी केन्द्र र एमालेका तर्फबाट नेताहरु सम्मिलित कार्यदल बनाइने निर्णय गरेको एमालेले जनाएको छ । संयोजन समितिमा एमालेका ४ जना र माओवादीका ३ जना नेता रहेका छन् ।