गोविन्द केसीको मुद्दा न्यायाधीश मिश्र र चालिसेको इजलाशमा, बहस सुरु हुँदै

दुर्गा दुलाल

 

काठमाडौं,  २५ पुस । डा गोविन्द केसीको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसको संयुक्त इजलाशनमा परेको छ। सर्वोच्चमा दुई पटक फुलकोर्ट बसेपछि इजलाश तय भएको हो।

केही समयपछि नै केसीको बयान सुरु हुनेछ। बयानपछि सुरुमा डा केसीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गर्नेको पक्षबाट बहस हुनेछ। त्यसपछि केसी पक्षका अधिवक्ताहरुले बहस गर्नेछन्। बहस सकिएपछि थुनछेक आदेश हुनेछ।

केसीको पक्षमा सुरेन्द्र भण्डारी, डा.गोपाल शिवाकोटी चिन्तन लगायतले बहस गर्ने तयारी छ।

Promise Education Consultancy