सुरक्षा घेरामा सर्वाेच्च अदालत

निमेष जंग राई

 

काठमाडौं, २५ पुस । अदालतको अवहेलना मुद्दामा डा गोविन्द केसीलाई पक्राउ गरी सर्वाेच्च अदालतमा पुर्‍याएपछि अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।अहिले सर्वाेच्च अदालतअगाडि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

डा केसीका पक्षले अदालतअगाडि नाराबाजी गर्न सक्ने भएकाले प्रहरी परिचालन गरिएको हो। सर्वाेच्च परिसर प्रवेशमा समेत सर्वसाधारणलाई कडाइ गरिएको छ।

मंगलबार बिहान डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गरिएको थियो। सर्वाेच्चका न्यायायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलाशमा केसीको बयान लिने तयारी भइरहेको छ।