राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका २७ गते सार्वजनिक गरिने

चितवन, पुस २५ । सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेको छ । गत शक्रबार माघ २४ गते गर्नेगरी सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको थियो ।मिति घोषणा भएपछि आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुटेको र विहिबार आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम गरिरहेको आयोग प्रवक्ता नवराज ढकालले बताए ।
यसअघि आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि पुष २५ अर्थात आजसम्मका लागि दल दर्ताको समय दिएको थियो ।आयोगले कार्यतालिका प्रकाशितपछि सातै प्रदेशमा मतदाता नामावली संकलन,निर्वाचन कार्यलय स्थापना, र मुख्य निर्वाचन अधिकृत तोक्ने तयारी पनि गरेको छ ।त्यस्तै दलहरुसँग आधिकारिक हस्ताक्षर, मतदाता शिक्षा कार्यक्रम उम्मेदवारी दर्ता लगायतका कामलाई चरणबद्ध गर्ने गरी योजना बनाइरहेको बताइएको छ ।

Promise Education Consultancy