ज्यान मारेको अभियोगमा चार गिरफ्तार

चितवन, २५ पुस । । अपहरण गरी ज्यान मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले चार जनालाई गिरफ्तार गरेको छ ।
नारायणगढमा गलैचा बेच्दै आएका कालिकोट तीला ९ बस्ने वर्ष १९ को उमेश पाण्डेको गत पुस ११ गते हत्या गरी नदीमा फालेको आरोपमा चार जना पक्राउ परेका हुन् । मृतक पाण्डेको शव १९ गते नदी किनारमा भेटिएको थियो ।
किटानी जाहेरी परेपछि उनीसँगै व्यापार गर्न हिँडेका कालिकोट–२ का अक्कलबहादुर कठायत र गोविन्द पाण्डे, कालिकोट–२ का नरेश न्यौपाने र गंगालाल पाण्डे रहेका छन् । उनीहरु विरुद्ध सार्वजनिक मुद्दा चलाइएकोमा हाल अपहरण गरी कर्तव्य गरेको आरोपमा मुद्दा चलाइएको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।

Promise Education Consultancy