एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज दिउँसो ३ बजे बस्दै

काठमाडौं, २५ पुस ।    नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मंगलबार छलफल हुँदैछ । लामो समयदेखि बस्न नसकेको एमाले र माओवादीको एकता संयोजन समितिको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो ।

बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्न लागेको हो । बैठकले पार्टी एकताका लागि संगठनात्मक र सैद्धान्तिक विषयमा टुङ्गो लगाउन कार्यदल गठन गर्ने विषयमा छलफल गर्ने बताइएको छ । संयोजन समितिको बैठक बस्नुअघि दुवै दलले आन्तरिक छलफल गरेका छन् ।

सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले पार्टी एकता गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै माओवादी केन्द्र र एमालेका तर्फबाट नेताहरु सम्मिलित कार्यदल बनाइने निर्णय गरेको एमालेले जनाएको छ । संयोजन समितिमा एमालेका ४ जना र माओवादीका ३ जना नेता रहेका छन् ।

Promise Education Consultancy