प्लाष्टिक व्यवसायी संघको अध्यक्षमा गजुरेल

भरतपुर,२५ पुष ।प्लाष्टिक व्यवसायी संघ चितवनको सोमबार सम्पन्न सातौं साधारणसभा तथा दशौं अधिवेशनले रामप्रसाद गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गजुरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति नै सर्वसम्मत चयन भएका हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा हरिप्रसाद तिमल्सिना र जितबहादुर हमाल, सचिवमा खेमराज पाण्डे, कोषाध्यक्षमा विरोचन पराजुली र सहसचिवमा दीपक काफ्ले चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा रामकृष्ण दवाडी, समर श्रेष्ठ, सञ्जय श्रेष्ठ, यदुमणि खरेल र राजन पोखरेल चयन भएका छन् ।
संघका अध्यक्ष डिल्लीराम सापकोटाको अध्यक्षता र उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजन गौतमको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । सो क्रममा व्यवसायीहरुले प्लाष्टिकजन्य सामग्री बन्द गर्नुभन्दा पनि पुनप्र्रयोगमा जोड दिनुपर्ने बताए । उनीहरुले सरकारले नै प्लाष्टिकलाई रिसाइकल गरेर फेरि प्रयोगमा ल्याउन सबैलाई प्रोत्साहन गर्नुपर्ने बताए । संघमा चितवन र नवलपुरका औद्योगिक तथा व्यापारिक गरी ९६ जना प्लाष्टिक व्यवसायी संलग्न छन् ।

Promise Education Consultancy