डा.केसी रिहाइको माग गर्दै,बाबुराम भट्टराईदेखि गगन थापा र रवीन्द्र मिश्र सम्म सडकमा

काठमाडौँ, २५ पुस । डा.गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरिएको छ । डा.केसीका समर्थकहरु अहिले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन्।

केसीको समर्थनमा डा। बाबुराम भट्टराई, गगन थापा र रवीन्द्र मिश्र पनि माइतीघर मण्डलामा उपस्थित भएका छन् । मेडिकल शिक्षा सुधारको माग राख्दै आएका डा। गोविन्द केसी अदालतको अवहेलनामा पक्राउ परेपछि समर्थकले प्रदर्शन गरेका छन् । प्रधान न्यायाधीशको राजीनामा माग गर्दै अनशन थालेका केसीलाई बेलुका प्रहरीले अनशनस्थलबाटै पक्राउ गरेको हो ।

Promise Education Consultancy