डा.गोविन्द केसीलाई बयानका लागि सर्वोच्च लगियो

काठमाडौँ, २५ पुस । अदालतको अवहेलना मुद्दामा बयानका लागि डा. गोविन्द केसीलाई सर्वोच्च अदालत लगिएको छ। केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा पेश गर्न सर्वोच्चले सोमबार आदेश दिएको थियो।

न्यायालयको जनआस्थामाथि खलल पुर्‍याएको अभियोगमा सर्वोच्च अदालतले सोमबार प्रा.डा.गोविन्द केसीलाई पक्राउ आदेश जारी गरेपछि प्रहरीले केसीलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबार लगिएको थियो।

केसी पक्राउको विरोधमा बिहानैदेखि माइतिघर मण्डलामा उनका समर्थकले प्रदर्शन जारी राखेका छन्।

Promise Education Consultancy