नवलपरासीमा ५ वटा सवारी साधन एक आपसमा ठोक्किदाँ एकको मृत्यु, ७ जना घाइते

नवलपरासी, २४ पुस । नवलपरासीमा सडक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेको ओरालोमा ५ वटा सवारी साधन एक आपसमा ठक्कर खादा अन्य ७ जना घाइते भएका छन् ।घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।आज दिउँसो दाउन्नेबाट दुम्किवासतर्फ आउँदै गरेको लु३त ४५०० नम्बरको ट्याक्टरलाई ना४ख ६६९० नम्बर ट्रकले ठक्कर दिँदा ट्रयाक्टरमा सवार ७ जना घाइते भएका हुन् ।
दुर्घटनामा विनयी त्रिवेणी(२ निवासी ५० वर्षीया भगवती कार्कीको अस्पतालमा उपचारको क्रममा निधन भएको दुम्किबास प्रहरीले जनाएको छ ।ट्रक र ट्रयाक्टर ठोक्किएपछि सोही सवारी साधनमा ना३ख ५९३६ ट्रक, लु३च ५३२२ नम्बरको जीप र ना६ख ५४२९ नम्बरको ट्रक पनि ठक्कर खाएको थियो ।दुर्घटनामा परी विनयी त्रिवेणी(२ ज्यामिरे निवासी ४५ वर्षीय उदय रोकाय, ४० वर्षीया मीना रोकाय, ५० वर्षीय विष्णु रेग्मी, ४० वर्षीया ज्ञानु तामाङ्ग, ५५ वर्षीया यशोदा ढकाल, ४५ वर्षीया तुलसी परियार र ३८ वर्षीया जितकुमार पौडेल घाइते भएका छन् ।घाँसदाउरा गरेर ट्रयाक्टरमा दम्किवासतर्फ र्फकदै गरेका महिलाहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Promise Education Consultancy