Breaking News: डा. गोविन्द केसी पक्राउ

काठमाडौं,२४ पुस । प्रहरीले आमरण अनसनमा रहेका डा। गोविन्द केसीलाई पक्राउ गरेको छ ।अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा। केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो ।

अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो ।

डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका थिए । अनसन बस्नुअघि अायोजित पत्रकार सम्मेलनमा डा.केसीले पराजुलीलाई भ्रष्टाचारी र माफिया भन्दै राजिनामाको माग गरेका थिए ।

सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले केसीविरुद्ध अदालतको अवहेलना मुद्दा हालेका थिए ।

Promise Education Consultancy