डा.केसीलाई पक्राउ गर्न सर्वोच्चको पूर्जी

काठमाडौँ, २४ पुस । अामरण अनसन बसेका प्रा. डा. गोविन्द केसीविरूद्द सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

सर्वोच्च अदालतले अवहेलना मुद्दामा केसीलाई सोमबार विहान ९ बजेभित्र उपस्थित गराउन प्रहरीलाई पत्र काटेको हो ।

डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका थिए । अनसन बस्नुअघि अायोजित पत्रकार सम्मेलनमा डा.केसीले पराजुलीलाई भ्रष्टाचारी र माफिया भन्दै राजिनामाको माग गरेका थिए ।

लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले केसीविरुद्ध अदालतको अवहेलना मुद्दा हालेका थिए ।

 अदालतको अादेश

Promise Education Consultancy