दोश्रो गैडाकोट महोत्सवको तयारी अन्तिम चरणमा गैडाकोटमा

चितवन, २४ पुस । पौष २७ गते देखि माघ ८ गते सम्म हुन लागीरहेको दोश्रो गैडाकोट महोत्सवको तयारी करिब करिब अन्तिम चरणमा पुगेको आयोजक उद्योग वाणिज्य संघ गैडाकोटले जनाएको छ । महोत्सवलाई,अलि फरक,उपयोगी र आर्कषक बनाउनमा समेत आयोजक लागीपरेको छ । महोत्सवका प्रमुख आर्कषणमा स्थानीय उत्पादनका सामाग्री, स्थानीय सांस्कृतिक पहिचान झल्काउने स्टल, ब्यापारिक प्रयोजनका स्टल, अध्ययन अवलोकनका लागि स्टल, खेल उद्यान देखि लिएर बंगलादेश, श्रीलंका, भारत, भूटान, पाकिस्तानका अन्तर्रा्िष्ट्रय उत्पादनका स्टल
समेत रहने छन । प्रथम गैडाकोट महोत्सवमा करिव २५ लाख आम्दानी गर्न सफल भएको र दोस्रो मा पनि त्यो भन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएको र कुल आम्दानीको १० देखि १५ प्रतिशत जेष्ठ नागरीक,बालबालीका,एकल महिला र दलितका लागी लगानी गर्ने उद्योग बाणिज्य संघ गैडाकोटका अध्यक्ष अमृत भट्टचनले बताउनुभएको छ ‘।
महोत्सवको दिन नजिकिदै गर्दा काम पनि धमाधम भैरहेको छ महोत्सवका सवै उपसमितिहरुले युद्ध स्तरमा काम गरिरहेको उ.बा.संघ गैडाकोटका उपाध्यक्ष एवं दोस्रो गैडाकोट महोत्सव मुल समारोह समितिका संयोजक दिपक सापकोटाले बताउनुभयो
पछिल्लो समय धेरै ठाँउमा मेला महोत्सव लागीरहेको र ति महोत्सव भन्दा फरक र प्रवाभकारी बनाउन पनि आयोजक लागी परेको छ । विशेषगरी चलिरहेका उद्योग र व्यापारका साथै यो महोत्सवले नँया उद्यमी र व्यापारी लाई समेत जन्माउने र गतिलिने बनाउने उ.बा.संघ गैडाकोटका महासचिव एवं दोस्रो गैडाकोट महोत्सव सचिवालय प्रमुख छविलाल कँडेलले जानकारी दिनुभयो ।
महोत्सव स्थलमा यतीबेला स्टल निर्माण,जनजातकिा घर निर्माण मुलगेट निर्माण को कार्य अन्तिम चरण मा पुगेको छ । महोत्सव हुने बारे सबैलाई जानकारी होस भन्ने तर्फ पनि आयोजक सजक रहेको छ । स्थानिय देखि केन्द्रिय मिडियाको सहयोगमा प्रत्येक जनमानसमा महोत्सवका बारे सुचना र जानकारी पुर्याउन कुनै कसर बाँकी नराखेको उ.बा.संघ गैडाकोटका कोषाध्यष एवं महोत्सव प्रचार प्रसार समितिका संयोजक शालीकराम सापकोटाले बताउनुभयो ।
पौष २७ गते देखि माघ ८ गते सम्म हुन लागीरहेको दोश्रो गैडाकोट महोत्सव फरक खालको होस र उपयोगी बनोस भन्ने चाहना स्थानियले राखेका छन ।