भरतपुर महानगरपालिका अन्तरगतका विद्यालयहरु आज देखी तीन दिन बन्द

चितवन, २४ पुस । चितवनमा केही दिनयता अत्याधिक चिसो बढेपछि भरतपुर महानगरपालिका अन्तरगतका विद्यालयहरु आज देखी तीन दिन बन्द गरिएको छ ।

भरतपुर महानगरपालिकाले हिजो (आईतबार) सूचना जारी गर्दै मौसम प्रतिकुलताका कारण आज (सोमबार)देखि २६ गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ । सोही निर्णय बमोजिम विद्यालयहरु बन्द गराउन सबैमा अनुरोध गरिएको महानगरको शिक्षा शाखाले जनाएको छ ।

चितवनमा शनिबार र आईतबार न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको थियो भने अधिकतम तापक्रम १० डिग्री सेल्सियस तापक्रम रहेको थियो । विद्यार्थीहरुलाई विद्यालय जान समस्या भएपछि महानगरले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

Promise Education Consultancy