गैँडाको आक्रमणबाट ७५ वर्षीय सुनारी घाइते

गैंँडाकोट, २४ पुस । गैँडाकोट–१८ आहालेमा गैँडाको आक्रमणमा परी ७५ वर्षीय ज्येष्ठ नागरिक भविश्वर सुनारी गम्भीर घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सुनारी आइतबार बिहान आफ्नै बारीमा काम गर्न गएको बेला गैँडाले आक्रमण गरेको थियो । उनको टाउँको खुट्ट, मुख, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Promise Education Consultancy