ओली र प्रचण्डबीच भेटवार्ता सम्पन्न,के भयो सहमती ? भिडियो सहित

काठमाडौँ, २३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्माओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता सम्पन्न भएको छ । साँझ ओली निवास बालकोटमा भएको  भेटवार्तामा पार्टी एकता , राष्ट्रिय सभाको निर्वाचन र प्रदेश सरकारको गठनका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए ।
मुख्य गरि पार्टी एकताको विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको भनाईछ ।
भोली (सोमबार) दुबै पार्टीले आ–आफ्नो पार्टीभित्र छलफल गर्ने र पर्सी (मंगलबार) एकता संयोजन समितिको बैठक बस्ने सहमती भएको प्रचण्डले जानकारी दिए ।
मंगलबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकतालाई निष्कर्षमा पु–याउन बैचारिक राजनितिक र सांगठनिक कामका लागि एउटा कार्यदल  बनाई जिम्मा लागउने र केही दिनमै  पार्टी एकता प्रक्रृयालाई निष्कर्षमा पु–याउने सहमती भएको अध्यक्ष प्रचण्डले बताए ।

बालकोटमा आज बेलुका ६.१५ देखि ८.०० सम्म अध्यक्षद्वयको छलफलपछि अध्यक्ष क. प्रचण्डले दिनुभएको जानकारी।

Publié par Manahari Timilsina sur dimanche 7 Janvier 2018

Promise Education Consultancy