ओली र प्रचण्डबीच भेटवार्ता जारी, पार्टी एकता लगायतका विषयमा छलफल

काठमाडौँ,२३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भईरहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा साँझ ६ः३० बजे देखि छलफल जारी छ ।  समसामयिक राजनीति र पार्टी एकताबारे छलफल चलिरहेको श्रोतले जनाएको छ।
पछिल्लो एक हप्तादेखि दुई नेताहरुवीच भेटवार्ता हुने हल्ला चलिरहेको थियो । तर, माओवादी अध्यक्ष प्रचण्ड विशेष कामले चितवन जानपुरेको र एमाले अध्यक्ष ओलीको अस्वस्थताका कारण भेट हुन सकेको थिएन ।

ओलीलाई भेट्न भनेर नै प्रचण्ड आज स्थलमार्ग हुँदै चितवनबाट काठमाडौं आएका हुन् । मौसम प्रतिकुल हुँदा चितवनबाट आज कुनैपनि उडान भएको छैन । आजको भेटवार्तामा उनीहरुवीच पार्टी एकताको खाका तयार पार्ने र एकता संयोजन समितिको बैठक भोलि नै डाक्ने विषयमा सहमति गरिने बुझिएको छ।

चुनावी नतिजाले नयाँ सरकार गठनमा ढिलाइ भएपछि नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू पार्टी एकताको मोडालिटी निर्माणमा लागेका छन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डको निर्देशनअनुसार दुवै नेतानिकट रहेका केही युवा नेताले पार्टी एकताको मोडालिटी अन्तिम चरणमा पु¥याएका हुन् ।

Promise Education Consultancy