भरतपुरका शैक्षिक संस्था ३ दिन वन्द गर्ने घोषण

 

चितवन, २३ पुस । अत्याधिक रुपमा बढेको चिसोले चितवनको जनजीवन प्रभावित बनेको छ । जाडोको चपेटामा विद्यार्थीहरु परेपछि भरतपुर महानगरभित्रका शैक्षिकसंघ तीनका लागि वन्द गरिने भएको छ । अधिकाशं स्कुलले जाडो विदा दिनुपर्ने भन्दै महानगरको शिक्षा शाखालाई सूचना पठाएसगैँ भोली २४ गतेदेखि २६ गतेसम्म सबै शैक्षिक संस्थामा जाडो विदा दिने सूचना गरिएको हो ।
महानगरको शिक्षा शाखाको आधिकारिक फेसबुक मार्फत यस्तो सूचना जारी गरिएको छ ।
उक्त सूचनामा भरतपुर महानगर क्षेत्रभित्रका विद्यालयहरुमा मौसमको प्रतिकुलताको कारणले उत्पन्न भएको परिस्थितिले गर्दा मिति २०७४।९।२४ देखि २०७४।९।२६ सम्म आवश्यकताको आधारमा विदा गर्ने भनी निर्णय भएकोले सोही वमोजिम गर्नु गराउनु हुन जानकारी गराइन्छ । विस्तृत जानकारीको लागि नोटिस वोर्ड सुन्नुहोला भनि उल्लेख छ ।

Promise Education Consultancy