चिसो बढेसगैँ न्यानो कपडा नहुदाँ चेपाङ्ग समुदायको विचल्ली

सविता दराई

चितवन, २३ पुस । पुसको अन्तिम साता आईपुग्दा देशैभर अत्यधिक चिसो बढेको छ । चिसो बढे संगै तराईमा लगातारको बाक्लो हुस्सु र सितलहरका कारण कतिपय स्थानमा मानिसको मृत्यु पनि भएको छ । विशेष गरी तराईका सिरहा सप्तरीमा न्यानो कपडा नहुनु बस्ने राम्रो बास नहुनु र एक छाक मिठो पनि खान नसक्ने परिवारका बालक र बृद्ध बढी चिसोले प्रभावित भएका छन्। यस्तै भएको छ चितवनका कतिपय पहाडी क्षेत्रमा बसोबास गर्ने समुदायमा पनि।चितवनको विकट पहाडी क्षेत्रहरु काउले दाहाखानी, चण्डीभन्ज्याङ, कोराक सिद्धिमा बसोबास गर्ने बासीन्दाको दैनिकी निकै कष्टकर बनेको छ । ६ महिना सहकाल ६ महिना अनिकालको भरमा बस्ने सिद्धिको साविक वडा नं ९ हालको कालिका नगरपालीका १० छेरबागङका चेपाङ सुमुदायमा विहान बेलुका कसरी छाक टार्ने भन्ने कुरामै दैनिकी वितेकोछ । जसका कारण एक सरो न्यानो कपडा लाउन पनि मुस्कील परेको त्यहाका चेपाङ समुदायको भनाईछ ।

त्यहाका बालबालिका देखी बृद्ध सम्मको शरिमा एक सरो पातलो कपडा मात्र देख्न सकिन्छ कठाग्रीदो जाडोमा पातलो एक सरो त्यही माथी च्यातिएको मैलो कपडा न त खुटामा चप्पल लगाएको देख्न्थ्यो। जाडोको न्यानो कपडा त परे जाओस एक सरो फेर्नै कपडा पनि छैन उनिहरु संग सिद्धि छेरबाङमा करिब १ सय १० चेपाड घरधुरी छन् ।

त्यसमा पनि घरपरिवारमा बालबालिका सख्या धेरै छ एकै परिवारमा पाच छ जना बालबालिका भेटीन्छ । गर्भवती सुत्केरी, बालबालिका बृद्धबृद्धा त्यसमा पनि भुकम्प पीडीत बसोबास भएको सो स्थानका मानिसहरु अहिले जाडोको समयमा आगो बालेर बस्न बाध्यछन् । रातभरी चुलोमा आगो बालेर न्यानो पारेर कतिपय परिवारले रात गुजार्दै आएका छन् जसका कारण धेरैविरामी पनी परेका छन् विरामी पर्दा पनि पैसा लाग्ने डरले निशुल्क उपचार हुने स्वास्थ्य चौकी सम्म पनि आउन डराउछन् उनिहरु सितैमा पाईने आौषधी पाए लिएर जाने नत्र त्यसै जाने सिद्धि स्वास्थ्य चौकीका स्वास्थ्य सहायक अनमि सोनम साहीको भनाईछ ।

साच्चै मानिसको पहिलो प्राथमिकता भनेको गास बास कपास हो। पेटभरी खान पायो भने मात्र उसले अन्त ध्यान दिन्छ अनि उनिहरुको दैनिकी पनि सहज हुन्छ । भुकम्पले भत्कीएको घर बनाउन नसकेको अवस्थामा छाप्रोको चिसोमा बस्न बाध्य त्यहाका चेपाङ परिवारलाई न्यानो कपडाको आवश्यकता छ ।

Promise Education Consultancy