“व्यवसायीको दुखमा सधै साथ रहनु नै मेरो जीतको मुख्य आधार” : राजु श्रेष्ठ (भिडियो)

चितवन, २३ पुस । विभिन्न बिवाद र आलोचनाका बीच पनि उद्योग वाणिज्य संघ चितवनको चुनावले उम्मेद्वारहरुमा मात्र होईन व्यवसायीहरुमा पनि उर्जा थपिदिएको छ । यसपटकको चुनावमा अध्यक्ष पदका उम्मेद्वार सहन प्रधान र हालको बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका राजु श्रेष्ठबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । हरेक चुनावमा दुई पक्षबीच प्रतिष्पर्धा हुनु स्वभाविक नै हो तर यस पटकको उवासंघको चुनावमा समिती नै बाँझिएको छ । तथापी दुबै उम्मेद्वारहरु आ–आफनो चुनावमा प्रचारप्रसारमा व्यस्त रहेका छन् ।

दुबै जना आफनो जीत सुनिश्चित भएको दाबी गर्छन । यसैबीच हालका अध्यक्ष राजन गौतमको समर्थन रहेको उम्मेद्वार हुन् राजु श्रेष्ठ । उनलाई समर्थन गरेकाहरु उवासंघको हित र समग्र व्यवसायी र चितवनको बिकासका लागि राजु श्रेष्ठको विकल्प नभएको दाबी गर्छन् । श्रेष्ठले यस पटकको चुनावमा अध्यक्ष पद आफनो भएको र सबैको समर्थन र साथ रहेकोले आफनो जीत निश्चित भएको दाबी गर्नु भएको छ ।

 

 

चितवनको आर्थिक बिकास र सम्पुर्ण व्यवसायीहरुको हकहितका लागि आफु कटिबद्ध रहेको उहाँले बताउँनु भयो । बिगतका समयमा पनि आफुले संघ र व्यासायीहरुको हितका लागि काम गरेर सबैको मन जितेको आधारमा नै आफनो जीत सुनिश्चित रहेको उहाँको भनाई छ । व्यवसायीहरुमा आईपर्ने विभिन्न नयाँ(नयाँ समस्या र सरकारका विभिन्न निकायहरुसंग भईरहने असमझदारीहरु न्युनिकरणका लागि आफनो भुमिका महत्वपुर्ण हुने उहाँको प्रतिबद्धता रहेको छ ।

चितवनको शक्तीखोरमा निमार्ण हुदै गरेको औधोगिक क्षेत्रका लागि लगानीको उपयुक्त बाताबरण सृजना गर्न आफनो बिशेष भुमिका रहने श्रेष्ठले बताउँनुभयो । बहुउद्देश्यीय हलको अवधारण , पर्यटन र कृषिमा सुधार , कृषिको आधुनिकीकरण , सौराहासंगै चितवनका अन्य पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार, अटो ल्याण्ड एवं बधशाला ,फोहर मैला ब्यावस्थापन, पाकिङ्कको समस्या लगायत जिल्ला समन्वय समिति र भरतपुर महानगरपालिकासँग मिलेर अन्य समस्याको समाधान नै आफनो मुख्य प्राथामिकता रहेको श्रेष्ठले बताउँनुभयो । स्मरण रहोस भरतपुर महानगरको स्वामित्वमा भएको लायन्स चोकको फलफुल तथा तरकारी बजार त्यहाँ बाट सार्न श्रेष्ठले ठुलो भुमिका खेल्नु भएको थियो ।