सिमेन्ट र छडमा मनोमानी मूल्य वृद्धि निर्माण व्यवसायी आन्दोलीत

 

नवलपुर, २३ पुस । हिउँदयामको सरुवातसँगै निर्माणका कामले तिव्रता पाउन थालेपछि सिमेन्ट र छड कम्पनीले मनोमानी रुपमा मूल्य वृद्धि गरेको भन्दै कावासोतीका हार्डवयेर व्यवसायीहरु आन्दोलित भएका छन् ।
कावासोतीमा रहेका हार्डवेयर व्यसायीहरुले सिमेन्ट, छडको माग अधिक हुने मौका छोपेर उद्योगीले बदनीयतपूर्ण तरीकाले मूल्यवृद्धि गरेकोमा आपत्ती जनाएका छन । व्यवसायीहरु माथिनै उद्योग कम्पनीहरुले एकाएक थेग्नै नसक्ने गरी सामानको मूल्य वढाएको देख्दा अवाक भएको कावसोती हार्डवेयर व्यवशायि संघका अध्यक्ष महेन्द्र भण्डारीले बताए ।

विगत केहि दिन देखी नेपाल भरीका सिमेन्ट र छड कम्पनीहरुले बिना कारण र बिना आधार पीपीसी सिमेन्टमा प्रति ५ किलोग्रामको बोरामा १ सय रुपैयाँ, ओपीसीसिमेन्टमा १ सय २० रुपैयाँ र फलामे छडमा प्रतिकिलोग्राम १३ रुपैयाँ मूल्यवृद्धि गर्दा व्यवसाय वन्द गर्नु पर्ने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन . ​

Promise Education Consultancy