आर्थिक विकासका लागि राजु टिमको विकल्प छैन् : व्यवसायी (भिडियो)

चितवन, २३ पुस । उद्योग बाणिज्य संघ चितवनको चुनाव नजिकीएसगैँ व्यवसायीहरुको चितवनको आर्थिक विकासका लागि राजु श्रेष्ठ नेतृत्व टिमको विकल्प नभएको बताएका छन् ।
व्यवसायीलाई हरेक समय सुख दुखमा साथ दिने एक दशक देखी उद्योग वाणिज्य संघ चितवनको बिभिन्न पदमा रही श्रेष्ठले निकै लोकप्रिय कामहरुले आफुहरु प्रभावित बनेका उनीहरुको भनाई छ ।
राजुको टिमलाई बजारका विभिन्न व्यवसायीक संघसंगठनहरुले विभिन्न कार्यक्रमको आयोजना गरि स्वागत गरेका छन् ।
आफ्ना आर्थिक विकासे एजेन्डासहित बजारमा घरदैलोमा निस्कीएका श्रेष्ठको टिमलाई धर्मचोक, जुनहल रोड, लिलाचोक हुदै पोखरा बसपार्क, विग बजार, हाकिमचोक, हस्पिटल रोडका व्यवसायीहरुले खादा तथा अबिर लगाएर स्वागत गरेका थिए ।
सो अवसरमा धर्मचोक बजार व्यवस्थपन समिति र वे ग्रुपले पदाधीकारीहरु राजुको श्रेष्ठको टिमलाई जिताउन आफुहरुको समर्थन साथ रहेको उद्घोष गरेका थिए । सो अवसरमा बोल्दै चितवनको समग्र सामाजिक र आर्थिक विकाससगैँ देशको अर्थतन्त्र सबल समक्ष बनाउन आफु कटिबद्ध रहेको बताए ।

आफुले ब्यवसायीको हक हितमा काम गर्न सक्ने र आफुलाई ब्यवसायीको निकै ठुलो माया र स्नेह भएकाले व्यवसायीको चाहाना पुरा गर्न आफु नेतृत्वमा आएको बताए ।
साथै सोही अवसरम बोल्दै बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार विष्णुप्रसाद कडेँलले जिल्लामा रहेको उद्योग व्यवसायीहरुको विकास र प्रर्वद्धन गर्दै पर्यटन विकासमा आफुहरु लागि पर्ने बताए ।

यस्तै उपाध्यक्ष पदका उम्मेदरवार विपिन रामुदामुले व्यवसायह क अधिकार स्थापित गर्दै शान्तीपूर्ण तवरले व्यवसायी विकासका लागि चुनावी मैदानमा आएको बताए ।

सो अवसरमा उपाध्यक्ष पदका उम्मेदवारहरु नविन कडेल राजेन्द्र कडेँल, सदस्य पदका उम्मेदवार थिर प्रसाद धितालसहितको टिम सहभागी थिए ।