प्रधानमन्त्री देउवाको निर्वाचन खर्च कती ?पुरा विवरण सहित

डडेलधुरा, २३ पुस । गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका डडेल्धुराका १४ जनामध्ये ८ उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन्। निर्वाचनको मतपरिणाम प्रकाशन भएको झन्डै ४ साता पुग्दासमेत अझै ६ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी छ।

प्रतिनिधिसभाको निर्वाचनमा खर्च विवरण बुझाउने उम्मेदवारहरुमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका लालबहादुर जाग्री र स्वतन्त्र उम्मेदवारी दिएका कर्ण्सिंह रावल रहेको जिल्ला निर्वाचनका कार्यालय डडेल्धुराले जनाएको छ।

प्रधानमन्त्री देउवाले आइतबार खर्च विवरण बुझाएका हुन् भने अन्य उम्मेदवारहरुले योभन्दा अगाडि नै बुझाइसकेका थिए। देउवाको चुनाव खर्च २३ लाख प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा २३ लाख ४ हजार पाँच सय खर्च गरेको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्। देउवाले सबैभन्दा बढी गोष्ठीरकार्यकर्ता परिचालनमा ७ लाख ६५ हजार खर्च गरेको विवरणका छन्। यस्तै, मतदाता नमावली खरिदमा २५००, सवारीसाधनमा ४ लाख ५० हजार, सवारी इन्धनमा ९५ हजार, प्रचारप्रचार सामग्रीमा ९२ हजार, कार्यालय सञ्चालनमा ४ लाख ५० हजार, प्रतिनिधि परिचालन १ लाख ८० हजार र विविध १ लाख १५ हजार खर्च गरेको प्रधानमन्त्री देउवाले बुझाएको खर्च विवरणमा उल्लेख छ ।

Promise Education Consultancy