महराको पहलमा दाङ–काठमाडौं हवाइ सेवा सुरु

काठमाडौं, पुस २३ । माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराको विशेष पहलमा आज(आइतबार) बाट काठमाडौं–दाङ सिधा हवाई सेवा सुरु भएको छ ।

लामो समयदेखि बन्द रहेको काठमाडौं–दाङ हवाई सेवा सुचारु गर्ने विषय गएको चुनावी एउटा प्रमुख एजेण्डा बनेको थियो ।

विभिन्न राजनीतिक दल, संघसंस्था वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा परेको दाङको टरिगाउँ विमानस्थलमा आज देखि हवाई सेवा सञ्चालनमा आएको छ ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद समेतखरहेका माओवादी केन्द्रका नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा, दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित एमाले सांसद हिराचन्द्र केसी, सल्यानबाट निर्वाचि प्रदेशसभा सदस्य तथा एमाले नेता प्रकाश ज्वाला र तुल्सिपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डे पहिलो फ्लाइटका यात्री बनेर काठमाबाट दाङका पुगेका छन् ।

लामो समयको छलफल र गृहकार्यपछि हप्तामा दुई दिन निजि विमानले उडान भर्ने सहमति भएको नगर प्रमुख पाण्डेले बताए ।

दाङ तुल्सिपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे र समिट एयरका सिइओ मनोज कार्कीको बिच गत बिहीबार विमान संञ्चालनमा ल्याउन काठमाडौँमा सहमति भएको थिए ।

हवाई सेवा सञ्चालनमा आएपछि दाङमा खुसिहालि छाएको छ । स्थानिय वासीहरुको भनाई अनुसार कृष्णबहादुर महराले चुनावी दौरानका क्रममा बोलेका वाचा पुरा गर्ने कामको सुरुवात भएको बताएका छन ।

Promise Education Consultancy