दोस्रो दिन पनि रुपन्देही बन्द, पौडेल हत्यामा भारतीय मोटरसाइकलको प्रयोग

रुपन्देही,२३ पुस । व्यवसायी बसन्त पौडेलको हत्यामा भारतीय मोटरसाइकलको प्रयोग भएको खुलेको छ। बिहारको बैसाली भन्ने ठाउँबाट चोरीएको मोटरसाइकलमा उनीहरुले नक्कली नेपाली नम्बरप्लेट राखेर प्रयोग भएको अनुसन्धानमा खुलेको छ।

हत्यामा प्रयोग भएको मोटरसाइकल शनिबार प्रहरीले बेबारिसे अवस्थामा भेटाएको छ। लु १ च १४ नम्बर राखेर उक्त मोटरसाइकल हत्यामा संलग्न समूहले प्रयोग गरेको थियो।

देवदहका पौडेललाई शुक्रबार दिउसो आफ्नै फर्निचरमा गोली हानी हत्या गरिएको थियो।

दोस्रो दिन पनि रुपन्देही बन्द 
आइतबार पनि मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै रुपन्देही बन्द गरेका छन्। प्रहरीले सुरक्षा दिन नसकेको भन्दै उनीहरुले नाराबाजी समेत गरेका छन्।

गत वर्ष सोही ठाउँमा युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो। सो घटनाका मुख्य नाइकेहरु पक्राउ नपर्दा तिवारीका साथी रहेका पौडेल पनि मारिएका छन्। पौडेल पनि युवा संघमा आबद्ध थिए।

Promise Education Consultancy