प्रचण्ड र ओलीबीच आज भेटवार्ता हुने

काठमाडौं, २३ पुस  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुने भएको छ । हिजो शनिवार हुने भनेर स्थगीत भेटवार्ता आज हुने भएको हो ।

पार्टी एकता तथा सरकार निर्माणका विषयमा छलफल गर्न ओली र प्रचण्डबीच भेटवार्ता तय भएको छ ।

बिहीवार चितवन गएका प्रचण्ड हिजो काठमाडौं फर्किने कार्यक्रम थियो । तर मौसम खराबीका कारण भरतपुर विमानस्थलबाट विमान नउडेपछि प्रचण्ड चितवनमै रोकिएका हुन् ।

नियमिति स्वास्थ्य परीक्षणका लागि ओली थाइल्याण्डको बैंकक जाने तयारीमा छन् ।  ओलीले बैंकक जानु अगाडि उनी र प्रचण्डबीच भेटवार्ता हुने कार्यक्रम छ ।ओली पुस २६ गते बैंकक उड्ने उनको निजी सचिवालयले जनाएको छ ।

Promise Education Consultancy