सप्तरीमा बढ्यो चिसो, मृत्यु हुनेको संख्या ९ पुग्यो आजदेखी सामुदायिक चार र निजि विद्यालय तीन दिनका लागि बन्द

एन के गुप्ता

सप्तरी २३, पुस । बिगत एक सातादेखी बढेको अत्याधिक चिसोका कारण कठ्याग्रिंएर सप्तरीमा शनिबार राती थप तीन जनाको मृत्यु भएको छ । यो सँगैै चिसोका कारण सप्तरीमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । पछिल्लो पटक जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ का ६० बर्षिय लखन ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त प्रमुख डिएसपी ध्रुब कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै तिलाठी कोईलाडी गाउँपालिका २ का ५६ वर्षिय सुजन ठाकुर र वडा नं. ७ का ३५ वर्षिय शिबु मण्डलको चिसोका कारण मृत्यु भएको गाउँपालिका प्रमुख सतिश सिंहले जानकारी दिएका । यसअघि जिल्लाको महदेवा गाँउपालिका वडा नं. २ अकवरपुरका ५८ वर्षीय सुकदेव यादब, राजबिराज नगरपालिका वडा नं. ११ झल्हीका ६५ वर्र्षीया कैलीदेबी खंग, वडा नं. २ का ६० वर्र्र्षीया नाजो बेगम, छिन्मस्ता गाँउपालीका १ बिरपुरका ३६ वर्षीया कुलदिप राय, सोही वडाका ३५ वर्षीय रामदयाल राम र सोही वडाकी ७२ वर्षीया रजियादेवी रायको चिसोका कारण मृत्यु भएको हो । यस्तै चिसो हावासँगै शितलहरी बढेपछि बिहीबारदेखी सप्तरी जिल्लाका सबै ४ सय १२ सामुदायिक विद्यालय बन्द गरिएको छ । चिसोका कारण सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु विद्यालयसम्म पुग्न निक्कै कठिनाई उत्पन्न भएपछि बिहीबारदेखी बन्द गरिएको विद्यालय आजदेखी पुनः चार दिनका लागि बन्द गरिएको जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले जानकारी दिए ।

यस्तै आजदेखी झन् चिसो बढेपछि जिल्लाका निजि विद्यालयहरु पनि तीन दिनका लागि बन्द गरिएको प्यावसन सप्तरीका अध्यक्ष पंचदेव यादवले जानकारी दिए ।

Promise Education Consultancy