आरुषी मिडियाद्धारा मौलाकालिका मन्दिरलाई डस्ट्बिन वितरण

गैडाकोट, २३ पुस । आरुषी मिडिया इन्टरटेन्मेन्ट प्रालिले शनिबार मौलाकालिका मन्दिरलाई डस्टविन प्रदान गरेको छ । आरुषी मिडियाका प्रबन्ध निर्देशक सन्तोष बस्ताकोटीले १२ वटा डस्टविन धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटालाई हस्तान्तरण गरेका थिए ।

मौलाकालिका मन्दिर नै पुगेर बस्ताकोटीले डस्टविन प्रदान गरेका थिए ।
डस्टविन हस्तान्तरण कार्यक्रमको अध्यक्षता गरेका बस्ताकोटीले आरुषी मिडियाले सामाजिक कामको पहिलो सुरुवात् मौलाकालिका मन्दिरबाट सुरु गरेको बताए । उनले भने, ‘धार्मिक क्षेत्रहरुको जगेर्ना र संरक्षणमा आरुषी मिडियाले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

आरुषी मिडियामा अहिले ३० भन्दा बढी युवाहरु सहभागी छन् । मौलाकालिका मन्दिरमा डस्टविन वितरण नै आरुषी मिडियाको पहिलो काम हो । कार्यक्रममा प्रमुख अतिथी ले पानसमा द्विप प्रज्ज्वलन गरेर संस्थाको बिधिवत रुपमा उध्घाटन समेत गरेका थिए।
डस्टविन बुझेका धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष सापकोटाले आरुषी मिडियालाई धन्यवाद दिए । उनले डस्टविनले मन्दिरलाई सफासुग्घर राख्ने सहयोग गर्ने बताए । उनले डस्टविनलाई मन्दिर वरपर राख्ने बताए ।
कार्यक्रममा होलिडे क्रियसनका प्रबन्ध निर्देशक लक्ष्मी पन्तले युवाहरुको सामाजिक कामको प्रशंसा गर्दै अझ अगाडि बढ्न प्रेरणा दिएकी थिइन् । विदुर कुइँकेलले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सदस्य अजय पौडेल सहजीकरण गरेका थिए । आरुषी मिडियाका २० जना युवा कार्यक्रममा सहभागी थिए ।

 

Promise Education Consultancy