ईतिहासबाट पाठ सिकेर बर्तमानमा रमाउन पर्छ : राजु श्रेष्ठ (भिडियो)

यहि पौष २९ र ३० गते उद्योग बाणिज्य संघ चितवनको ५१ औं साधरण सभा तथा अधिबेशन नारायणगढमा सम्पन्न हुदैछ । हरेक २÷२ बर्षमा हुने अधिवेशन यसै बर्ष हुने भएपछि नयाँ नेतृत्वका लागि दौडधुप समेत शुरु भएको छ । हालका बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र संघका निर्वतमान बरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान यस पटक नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । प्रधान २ बर्ष अगाडी उवासंघको सम्पन्न अधिबेशनमा राजन गौतम सँग पराजित भएका थिए । यस पटक अध्यक्षका लागि बिष्णु प्रसाद कंडेल, भोजराज कौडाल, माधबप्रसाद पौडेल लगायतले दाबेदारी गरेपनि अन्ततः श्रेष्ठ र प्रधानका बीच हुने पक्का पक्की भएको हो ।
हालका बरिष्ठ उपाध्यक्ष श्रेष्ठ उद्योग बाणिज्य संघ चितवनमा बि.स. २०६४ मा सदस्यमा निर्वाचित भएका थिए । त्यसयता उनी लगातार संघको कार्य समितिमा रहदै आएका छन् । त्यसै गरि पुर्व बरिष्ठ उपाध्यक्ष प्रधान पनि बि.स. मा सदस्य हुदै अधिल्लो कार्यकालमा उपाध्यक्ष रहेका थिए । बि.स. २०७२ मा भएको अधिबेशनमा सहन प्रधान समुहमा रहेका राजु श्रेष्ठ यस पटक उनी सँगै अध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।
पुर्व बरिष्ठ उपाध्यक्ष प्रधानले प्यानल नै निमाण गरिसकेका छन् । उनको प्यानलमा चुन नारायण श्रेष्ठ बरिष्ठ उपाध्यक्ष, बिष्णु प्रसाद कंडेल, भोजराज कौडाल र शंकर नेपाल उपाध्यक्ष हुने लगभग पक्का पक्की भएको छ । बिष्णु प्रसाद कंडेल, भोजराज कौडाल अधिललो पटक राजन गौतमको समुहबाट प्रतिस्पर्घा गरी बिजयी भएका हुन् । बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले पनि प्यानलनै निमार्ण गरिसकेका भएपनि को को हुन भन्ने बारेमा खुलाउन चाहेनन् ।
बरिष्ठ उपाध्यक्ष श्रेष्ठको बिगत त्यति राम्रो छैन् । पछिल्ला दिनहरुमा ब्यावसायी हरेक नराम्रो भए पनि पछिल्ला बर्षहरुमा ब्यावसायी सँग निक्कै हेलमेल भएका समस्यामा साथ दिदै आएको ब्यावसायीहरु बताउछन् । भद्र शालिन स्वाभावका प्रधान संघका पुर्व अध्यक्ष के एल भुषणका छोरा हुन् । सञ्चार उद्यमी रहेका प्रधान
अधिवेशनले १ जना अध्यक्ष १ जना बरिष्ठ उपाध्यक्ष त्यसै गरि ३ जना उपाध्यक्ष निर्वाचित गर्नेछ । सदस्यहरु मध्य उद्योग र बाणिज्य क्षेत्रबाट ६÷६ जना निर्वाचित हुनेछन भने बस्तुगतबाट ४ जना कर्पोरेटबाट २ जना निर्वाचित हनेछन् । महिला १ जना र क्षेत्रिय समितिबाट एक एक जना बिर्नाचित हुनेछन । अध्यक्षले ३ जना मनोनित गर्ने ब्याबस्था रहेको छ भने निर्वतमान अध्यक्ष समेत कार्य समितिमा रहने ब्यावस्था छ । उद्योग बाणिज्य संघ चितवनमा करिब ३४०० सदस्यहरु रहेका छन् । यहि सन्र्दभमा रहेर सौराहा अनलाईनकर्मी पूर्ण शर्माले लिएको कुराकानीको सारसंक्षेप :

यहि पौष २९ गते उद्योग बाणिज्य संघ चितवनको अधिबेशन हुदैछ । त्यसमा अध्यक्ष पदका प्रत्यासी हुनुहुन्छ । किन राजु श्रेष्ठलाई नै अध्यक्ष पदमा मत दिने ?
म बिगत १० बर्ष देखि कार्यसमितिको कुनै न कुनै पदमा रहि काम गर्दै आईरहेको छु । आज यसरी काम गर्दा अध्यक्षकै लक्ष्य अनुरुप काम गरे । अध्यक्षतात्मक प्रणली भएको हाम्रो उद्योग बाणिज्य संघमा अध्यक्षले ल्याएका कार्यक्रमहरु सफल पानु एक किसिमले अन्य सदस्यहरुको धर्म पनि हो । त्यो अलावा ब्यक्तीगत रुपमा म ब्यवसायीहरुको हक हितको लागि उहाँहरुको ब्यावसाय प्रवद्धनका लागि र साथ साथै चितवनको समग्र आर्थिक सामाजिक बिकासका लागि राष्टको अर्थतन्त्रमा पनि केहि मात्रामा भएपनि फाईदा पुग्ने काम गरिराखेको छु । उद्योग बाणिज्य संघलाई नमुनाको रुपमा बिकास गनुपर्छ भन्ने सकल्प सहित यात्रामा छु । अर्को कुरा रोलक्रमले पनि बरिष्ठ उपाध्यक्ष पछि हुने भनेको अध्यक्ष नै हो त्यसैले उद्योग बाणिज्य संघ चितवनको आगामी कार्यकालका लागि अध्यक्ष पदमा अमुल्य मत दिनुहुन्छ भन्नेमा बिस्वस्त छु ।
बिगत १० बर्ष देखि कार्य समितिको कुनै न कुनै पदमा रहेर काम गनुभयो । यो बिचमा राजु श्रेष्ठले गर्न नसकेको काम दुई बर्षमा गर्न सक्छ भनेर कसरी आम मतदाताहरुले कसरी बिश्वास गर्ने ?
मैले अगाडी पनि भने हामी अध्यक्षतामा प्रणालीमा भएकाले जस या अपजस सबै अध्यक्षलाई नै जाने भएकाले त्यस्तो देखिएको हो । मैले कुनै न कुनै रुपमा काम गरिरहेको थिए । यदि त्यसो हुदैनथ्यो भने त सदस्य हुदै बरिष्ठ उपाध्यक्ष सम्म उहाँहरुले निर्वाचित गराउनुहुदैनथ्यो । हरेक ब्यावसायीहरु अहिले पनि बिभिन्न किसिमका समस्याहरु छन तिनको समाधानमा प्रभाबकारी भुमिका निर्वाह गर्नेछु । अहिले पनि ब्यावसायी र सरकारका बिभिन्न निकाएहरुका बिच कहिले काही खटपट भएको पाईन्छ त्यसलाई न्यूनीकरण गर्ने बिशेष भुमिका लिरहेको छु भने भोलिका दिनमा पनि यो भन्दा अझ प्रभावकारी भुमिका खेल्नेछु । हिजो आज पनि दिन रात नभनी , घाम पानी नभनी म ब्यावसायीहरु सँगै छु । ब्यावसायीहरु समस्या पर्दा आज जसरी म एक्लै छैन भन्ने अनुभुती गरिराख्नुभएको छ आगामी दिनमा पनि यस्तै वाताबरण कायम राख्नेछु । हिजो आजमा समस्याका स्वारुप फेरिएका छन तर समस्या घटेका छैनन । तिनको न्यूनिकरणका मेरो प्राथामिकतामा पर्नेछन् । साना, मझौला तथा ठुला ब्यावसायी सबै सँग सहकार्य गरि सबैको ब्यावसाय प्रवद्धन र बिकासका लागि महत्वपूर्ण भुमिका खेलिरहेको छु । देश लगभग राजनैतिक रुपमा स्थिर भईसकेको छ । सबै राजनैतिक दलहरुले बिकास र सम्बृद्धिका लागि अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरिसकेका छन् । उनीहरुसँग हातेमाले गर्दै यस दिशामा मेरो ध्यान हुनेछ । चितवनको शक्तीखोरमा निमार्ण हुदैगरेको औधोगिक क्षेत्र हाम्रा लागि खुसिको कुरा हो । लगानीका लागि उपयुक्त वातावरण निमार्णका लागि पनि मेरो बिशेष भुमिका हुनेछ ।
बदलिदो समयसँगै संघले गर्ने कार्यहरु पनि बिशिष्टीकृत हुदै गएका छन् । उद्योग बाणिज्य संघ नारायणगढको फरक खाले पहिचान र शाख छ । यसको गरिमा अझ उच्च बनाउन के गर्ने योजना बनाउनुभएको छ ?
उद्योग बाणिज्य संघ चितवन देशैकै उत्कृष्ट उद्योग बाणिज्य संघमा पर्दछ । राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समेत यसको राम्रो शाख छ । यो शाखलाई कायम गर्दे अझ उचाईमा पु¥याउन मेरो बिशेष भुमिका हुनेछ । तपाई इगित गनुभएको कुरा उद्योग संघ चितवनले निमार्ण गर्दै गरेको अन्तराष्टिय प्रदशनी स्थलको हो जस्तो लाग्यो । ती सबै साथीहरुलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु किनभने त्यसले ब्यापार ब्यावसाय बिकास र प्रवद्धनमा राम्रो भुमिका खेल्दछ । उहाँहरुले निक्कै राम्रो काम गनुभएको छ । उद्योग संघले जे गर्छ त्यहि गनुपर्छ भन्ने होईन । यस्ता कुरामा सहकार्य र प्रतिपस्र्धा दुबै हुनुपर्छ भनने मेरो मत छ । स्वच्छ प्रतिस्पर्घा जसले अझ क्रियाशिल र सिर्जनशिल हुन हामी सबैलाई सहयोग पु¥याउछ । यहाँ गनुपर्ने कामको ठुलै लिष्ट छ । जस्तो हामी कहाँ बहुउद्देश्यीय कभर्ड हल छैन् ।
यदि तपाई अध्यक्ष बन्नु भयो भने उद्योग बाणिज्य संघ चितवन मार्फत कस्ता परियोजना सञ्चालन गर्ने सोच बनाउनुभएको छ ? 
लक्ष्य प्राप्तिका लागि क्रियाकलापहरु महत्वपूर्ण हुन्छन् । चितवनको आर्थिक र सामाजिक परिर्वतन गर्ने मैले अगिभ नेको जस्तो बहुउद्देश्यीय हलको अवधारण पनि मेरो योजनामा परेको छ । बिभिन्न दातृ निकाय सँग उद्योग बाणिज्य संघ चितवनमा गर्दै आएको सहकार्यलाई निरन्तरताका लागि बिशेष पहल गर्नेछु । शिक्षा, स्वास्थ्य , पर्यटन र कृषि भन्दै गर्दा शिक्षा र स्वास्थ्यको तुलनामा पर्यटन र कृषिको अवस्था अल्लि कमजोर पाएको छु । हिजो चितवनबाट धान तारी लगायतका कृषिजन्य बस्तुको निर्यात हुन्थ्यो भने आज आयात भईरहेको छ । कृषिलाई आधुनिकीकरण गर्ने योजना बनाएको छु । कृषि क्षेत्रमा काम गर्न अन्यत्र भन्दा यहाँ सजिलो छ किनभने यहाँ कृषि तथा बन विश्वबिद्यालय छ जसबाट खोजेको जस्तो प्राबिधिक पाउन सकिन्छ , उर्वर माटो छ , सिञ्चाईको लागि पनि पानीको त्यति धेरै समस्या छैन । यहाँको हावापानीमा तीन बाली लगाउन सकिन्छ । यातायातको सुगमताका कारण उत्पादित बस्तुलाई बजारीकिकरण गर्न त्यति समस्या पर्दैन ।
सप्तगण्डकी जलबिद्युत परियोजनाका लागि काम गर्न सक्छौं । उद्योग बाणिज्य संघले यो परियोजना धेरै अगाडी नै सार्वजनिक गरेको हो । त्यसमा ठोस काम हुन सकेको छैन् । देश राजनैतिक रुपमा स्थिर भएपछि निस्चयनै जलबिद्युत र पुर्वाधार बिकासमा ठुलो बाह्य लगानी भित्रने पक्का छ । यसमा लबिङ्ग गर्न सकिन्छ जसले गर्दा चितवन र यस आसपासका बासिन्दाको जिन्दगीनै कायापलट गर्छ भने औधोगिक बिकासमा निक्कै फडको मार्न सकिन्छ । त्यस्तै पर्यटनका कुरा गर्दा सौराहाको आफ्नै बिशिष्ट पहिचान छ । चितवन अन्य पर्यटककीय क्षेत्रहरु सौराहा सँग जोड्नु अनिबार्य छ । अव चितवन आउने पर्यटकरुको बसाई लम्बाउनुपर्ने भएको छ । हामी सँग उपरदाङ्ग गढि , सिराईचुली, ठाडो झरना देखि गोलाघाट सम्मको क्षेत्रमा पर्यटनको निक्कै ठुलो सम्भावना छ । त्यसको प्रचार प्रचार मात्र गर्न सकियो भनेपनि त्यहाँको बिकास हुन्छ । चरा अवलोकनका लागि प्रख्यात २० हजारी ताल यहि नजिकै छ । जसको निक्कै ठुलो सम्भावना छ । बिभिन्न जातजाती धर्म , सस्कार र सस्कृति छ । यी सबैलाई बजारीकरण गर्न मात्र बाँकी हो । बिषय बिशेषज्ञहरु सँग बसी उनीहरुको राय सुझाब लिई यि सबै काम गर्ने योजनामा छु ।
यि दिर्घकालिन योजना भए राजु श्रेष्ठ उद्योग बाणिज्य संघ चितवनको अध्यक्ष हुनुभयो भने के फरक महसुस गर्न पाउछन ?
नारायणगढ बजारको आकार मात्र बढेको छैन । यहाँ बिभिन्न समस्याहरु पनि थपिएका छन् । यहाँ फुटपाथको समस्या छ । सवारी साधन फपिएको थपियै छन् । टाफिक लाईटको ब्यावस्था गर्न सकिएको छैन् । आकाशे पुलको आवश्यकता महसुस भएको छ । यी समाधान गर्ने नसक्ने समस्या होईनन् । लामो समय पछि स्थानिय निकायमा जनप्रतिनिधिहरु आउनुभएको छ । म जिल्ला समन्वय समिति, भरतपुर महानगरपालिका सँग मिलेर तत्काल ब्यावस्थापनका लागि काम गछु । हुनत यसबारेमा मैले कुरा राखिसकेको छु । त्यसलाई कार्यान्वयन गर्न उद्योग बाणिज्य संघ चितवनले बिशेष पहल गर्दछ । चितवनको समग्र बिकाशका लागि उद्योग बाणिज्य संघ चितवन ले खेल्नु पर्ने भुमिकाहरु धेरै छन् । फोहर मैला ब्यावस्थापन, पाकिङ्कको समस्या लगायतका समस्या निक्कै चाँडै समाधान हुन्छन् । ब्यावस्थित अटो ल्याण्ड एवं बधशालाको लागि पनि मेरो ध्यान केन्द्रित भएको छ । जसलाई राजु श्रेष्ठले ब्यावस्थापन गर्न सक्छ भन्ने आम ब्यावसायीहरुलाई बिश्वास छ । भरतपुर महानगरको स्वामित्वमा भएको लायन्स चोकको फलफुल तथा तरकारी बजार त्यहाँ बाट सार्न पनि राजु श्रेष्ठले निक्कै ठुलो भुमिका खेलेको सबै ब्यावसायीहरुलाई थहा भएकै कुरा हो ।
अब २ बर्ष अगाडीको कुरा गरौं, तपाई त्यति खेर सहनलाल प्रधानकै नेतृत्वमा बरिष्ठ उपाध्यक्ष पदमा प्रत्यासी हुनुहुन्थ्यो आज २ बर्ष पछाडी फेरी उहाँ सँगै उम्मेदवार बन्दै हुनुहुन्छ । कस्तो लागि रहेको छ ?
मृदुभाषी र मिलनसार सहनलाल प्रधान मेरो बच्चा देखिको साथी हुनुहुन्छ । हामी निक्कै नजिकका मित्र पनि हौं । मेरो साथीलाई मेरो अनुरोध के हो भने हिजोको पृष्ठभुमि हेर्दै यो निर्वाचनमा नआउन आग्रह गर्दछु । हामीले ईतिहासबाट पाठ सिकेर बर्तमानमा रमाउन पर्छ । हिजो हिजोका निर्वाचनमा जसले संघमा अध्यक्षको रुपमा जित हासिल गर्न सक्नुभएन ती ब्यावसायीहरु फेरी अर्को निर्वाचनमा अध्यक्षको प्रत्यासी बन्न आउनुभएन । चाहे उद्योग पियाको कुराहोस वा ज्ञानेन्द्रमान शाक्यको सवालमा होस वा श्रीभक्त अच्युत बाग्ले पनि दोश्रो पनि अध्यक्षको निर्वाचनमा आउनुभएन । एक पटक अवसरका लागि आग्रह गर्ने हो मत दिनु भएन भने उहाँहरुलाई जिस्काउने जसरी पटक पटक मत माग्दै हिड्नु अल्लि असोभनिय हुन्छ कि । मेरै कुरा गनुहुन्छ भने यसपटक मलाई ब्यावसायी साथीहरुले राजु श्रेष्ठ चाहिदैन भन्नुहुन्छ भने अर्को पटक राजु श्रेष्ठ चुनाबी मैदानमा नआउने प्रतिबद्धता समेत प्रकट गर्दछु ।
अहिले म बरिष्ठ उपाध्यक्ष रहेको र अव अध्यक्ष बाहेक उठ्ने अर्को पद नभएकाले अध्यक्षमा मेरो दाबेदारी स्वाभाबिक हो । मलाई ब्याक्तीगत रुपमा अलि अपठ्यारो महसुस भईरहेको छ ।

Promise Education Consultancy