सिंहदरबार नै अस्तव्यस्त, न बत्ती न सुरक्षा

काठमाडौँ, २३ पुस । स्थानीय तहको निर्वाचनपछि प्रमुख दलहरूले गाउँमा सिंहदरबारको अधिकार लैजाने बताउँदै आएका छन् । मुलुकको सुरक्षाको सबै अभिभारा सिंहदरबारमै केन्द्रित छ । तर, सम्पूर्ण अधिकार केन्द्रित भएको सिंहदरबार आफैँ अस्तव्यस्त छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्रकै अवस्था अति दुर्गम र पिछडिएको क्षेत्रजस्तो छ । सुरक्षा अवस्था मात्र होइन, सिंहदरबारले बिजुली बत्तीको समेत अभाव झेल्दै आएको छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ।

Promise Education Consultancy